वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ।
काठमाडौँ– रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)को रथ जेठ ८ गते तानिने भएको छ। बिहीबार निकालिएको साइतअनुसार जेठ गते लगनखेलबाट जावलाखेलतर्फ तानिने भएको हो।
वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ। विद्या, धन सम्पत्ति, शान्ति समृद्धिलगायत सबै कुरा मागे पनि मेरो रूप रङ राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद् बताउँछन्।
रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रामध्ये सबैभन्दा लामो जात्रा हो। मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरू भएर असार शुक्ल चतुर्थीसम्म चल्छ। अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ।
पुलचोकमा रथारोहण गरी शुरू भएको रथयात्रा गाःबाहल, मंगलबजार, सुनधारा, लगनखेल, इटिटोल हुँदै जावलाखेल पुर्याएर भोटो देखाइन्छ। यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ। १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको शुरूआत गरेको किंवदन्ती छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
