एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधरले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणलाई मन्त्रालय बनाउनुपर्ने बताएका छन्।
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधरले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणलाई मन्त्रालय बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
बिहीबार ललितपुरमा आयोजित राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू सरकारमा सहभागी हुँदा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणलाई एउटा छुट्टै मन्त्रालय बनाएर जाने प्रयास गरे पनि सफल हुन नसकेको बताए।
उनले प्राधिकरणलाई गृह मन्त्रालयअन्तर्गत नभई प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्ने कुरा पनि सफल हुन नसकेको स्पष्ट पारे। “त्यसलाई मन्त्रालय बनाउन खोजेका थियौँ। मैले प्रस्ताव राखेको थिएँ, १५ वटाभन्दा धेरै मन्त्रालय बनाउन नपाउने र २५ जनाभन्दा बढी मन्त्रिमण्डल नहुने भनेर धान्न नसक्ने भनेकाले त्यो सम्भव हुन सकेन,” उनले भने।
उनले अब विपद्जन्य गतिविधि बढ्ने भएकाले पूर्वतयारीका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याए। उनले सबैभन्दा पहिला शारीरिक अशक्तता भएकाहरूलाई सुरक्षित गर्नुपर्ने, अन्य नागरिकलाई पनि पूर्वसूचनाको बिस्तार गर्न आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरणका लागि बेलैमा पूर्वरणनीति बनाएर अघि बढ्न आवश्यक रहेको बताए। उनले विगतमा सिकेको अनुभवलाई रणनीति बनाएर अघि बढ्नसके विपद्बाट जनधनको क्षति हुनबाट रोक्न सकिने उल्लेख गरे।
उनले शारीरिक अशक्त भएकाहरूलाई सबैभन्दा पहिला विपद्जन्य अवस्थाका बारेमा सचेत र सूचना दिनुपर्ने बताए। “शारीरिक अशक्तहरूलाई यसबाट हामीले सबैभन्दा पहिला सूचना दिएर सुरक्षित गर्नुपर्छ,” उनले भने, “बाढी आएपछि म्यापिङ गर्ने होइन, पूर्वतयारी गर्न जरुरी छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
