कूल २१ लाख ५ हजार ६५७ कित्ता शेयर ५७ करोड ८८ लाख ४१ हजार ५९३ मूल्यमा खरिद बिक्री भएको छ। कूल ६४ कम्पनीको शेयर मूल्य उकालो लाग्दा १३४ कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.३४ अंकले ओरालो लागेर १८३८.५९ मा सीमित भएको छ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७१ अंकले ओरालो लागेर ३५३.०९ मा सीमित भएको छ। कारोबार भएका कूल १३ कम्पनीमध्ये तीन कम्पनीको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ।
कूल २१ लाख ५ हजार ६५७ कित्ता शेयर ५७ करोड ८८ लाख ४१ हजार ५९३ मूल्यमा खरिद बिक्री भएको छ। कूल ६४ कम्पनीको शेयर मूल्य उकालो लाग्दा १३४ कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ।
कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको तीन करोड १५ लाख ६ हजार ३६३ बराबरको शेयर कारोबार भएको छ।
ग्लोबल आइएमई बैंकको संस्थापक शेयर दुई करोड ७० लाख ८४ हजार ८०४, शिवम् सिमेन्ट एक करोड ८० लाख ३७ हजार ७५२, हिमाल दोलखा हाइड्रोपावर एक करोड ७७ लाख ६३ हजार ४१० र हिमालयन डिस्टिलरीको एक करोड ६८ लाख ७८ हजार ७०५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त ६.१०, सिटिजन म्युचुअल फन्ड पहिलो ५.८९, मनकामना स्मार्ट लघुवित्त ५.७१, इस्र्टन हाइड्रोपावर ५.६६ र कुमारी इक्विटी फन्डको शेयर मूल्य ५ प्रतिशतले बढेको छ ।
त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स ५.९९, बाराही हाइड्रोपावर ५.५२, एशियन हाइड्रोपावर ५.५२, बलेफी हाइड्रोपावर ४.३५ र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य ४.३४ प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
