यो वर्ष हिउँदमा पानी र हिउँ नपरेका कारण सगरमाथामा ठूलो हावाहुरी चलेको हुनसक्ने मौसमविद्ले अनुमान गरेका छन्।
काठमाडौँ– सगरमाथाको शिविर २ (क्याम्प २) मा गाडिएका आरोहीहरूका टेन्ट, चार/पाँच दिन अघिदेखि लगातार आइरहेको ठूलो हावाहुरीले क्षतिग्रस्त बनाएको छ।
आधारशिविरबाट आरोहीहरू उक्लेर दोस्रो दिन बस्ने ‘क्याम्प २’मा चलेको हुरीले खाना पकाउने स्थान, खाना खाने स्थान र आरोही सुत्ने ठाउँका टेन्टमा क्षति पुगेको हो।
ती टेन्ट केही दिनअगाडि त्यहाँ गाडिएका थिए। हावाहुरीका कारण बिहीबारसम्ममा धेरै टेन्ट क्षतिग्रस्त बनाएपछि नयाँ टेन्ट गाड्नु पर्ने भएको छ।
“एक सयभन्दा बढी आरोहीका टेन्ट भाँचिएका र च्यातिएका छन्, त्यहाँ गाडिएका किचेन र डाइनिङमा नयाँ टेन्ट गाड्नु पर्ने भएको छ,” सगरमाथा आधारशिविरबाट सतोरी आरोहण दलका विवेक पाण्डेले उकालोसँग भने, “यसपटक जाडोमा पानी, हिउँ नपरेको कारण बढी हावाहुरी चलेको मौसमविद्हरूले भनिरहेका छन्।”
उनका अनुसार आधारशिविर (बेसक्याम्प)बाट क्याम्प २ सम्म पुग्न झन्डै ८ घण्टा लाग्छ। शेर्पाहरूले नयाँ टेन्ट बोकेर लैजादै छन्। त्यहाँ शेर्पाहरूलाई ‘ब्लू ग्लासियर’ सम्याएर एउटा टेन्ट गाड्न दुई जना शेर्पालाई डेढदेखि दुई घण्टासम्म समय लाग्छ।
आरोहणका लागि मौसम उपयुक्त नभएका कारण यस पटक सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो खोल्न पनि ढिलाइ भइरहेको छ। क्याम्प २ सम्मको बाटो खुलेपछि त्यहाँ आरोहीहरूका सामान राख्न र बस्नका लागि टेन्ट गाडिएको थियो।
तर, क्याम्प ३ मा भने केही आपत्कालीन टेन्ट मात्र गाडिएका छन्। बाँकी टेन्ट आरोही त्यहाँ पुग्नुअघि व्यवस्थित गरिन्छ। क्याम्प ३ भिरालो भएको हुँदा, पहिरो जाने र गाडिएको टेन्ट हिउँले पुरिने हुन्छ। अहिले क्याम्प ३ मा आरोहणका क्रममा प्रयोग हुने सामान मात्र थुपारेर राखिएको छ।
यो पनि : पृथ्वीतलको उचाइमा मृत्यु जित्ने खेल
आरोहीहरू माथि जाँदा क्याम्प ३ मा बस्छन्, तर फर्कँदा भने क्याम्प ४ बाट सिधै क्याम्प २ मा बस्न आइपुग्छन्। त्यसैले पनि सगरमाथा आरोहीका लागि ‘क्याम्प २’ महत्त्वपूर्ण शिविर हो।
आरोहण दलका सदस्य विवेकका अनुसार भाँचिएका तथा च्यातिएका टेन्ट बदल्नका लागि आरोहण समूहले जगेडा टेन्ट पनि राखेको हुन्छ, नत्र नयाँ किनेर ल्याउनु पर्ने हुन्छ। क्षतिग्रस्त ती टेन्टको मूल्य ४० हजारदेखि १ लाख रुपैयाँसम्म पर्छ।
गत वर्षभन्दा यो वर्ष सगरमाथा आरोहणमा ढिलाइ भइरहेको छ। मौसम प्रतिकूल बन्दा आरोहीलाई सगरमाथा आरोहणमा समस्या भएको बताइएको छ। अहिलेसम्म क्याम्प ३ देखि माथि बाटो खोल्न नसकिएको विवेकले बताए। चुचुरोसम्म पुग्नका लागि ‘डोरी टाँग्ने टिम’ले मे १३ सम्म रुट खोलेमा मे १४ बाट मौसम हेरेर आरोहीहरू सगरमाथा चढ्न थाल्ने उनको भनाइ छ।
‘सगरमाथा पोलुसन कन्ट्रोल कमिटी’ले खुम्बू आइस फलको बाटो मे २९ मा बन्द गर्ने बताइसकेको छ। सन् २०२३ मा नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका १ हजार ७९ मध्ये सगरमाथा आरोहणका लागि ४६६ आरोही खुम्बू क्षेत्रमा दुई महिनादेखि तयारी गरिरहेका छन्।
यो पनि : मानव मलमूत्रले दुर्गन्धित बन्दै सगरमाथा, आरोहीले बोक्दैनन् शौच गर्ने ब्याग
यो पनि : दुवै खुट्टा नभएका हरि सगरमाथाको ‘क्याम्प २’मा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
