बैठकमा अध्यक्ष ओलीले अहिलेको संकटग्रस्त अर्थतन्त्र उकास्न वर्तमान गठबन्धनसँग कुनै योजना नरहेको 'ब्रिफिङ' गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारूढ गठबन्धनसँग संकटग्रस्त बनेको अर्थतन्त्रलाई उकास्ने योजना नै नभएको बताएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष ओलीले अहिलेको संकटग्रस्त अर्थतन्त्र उकास्न वर्तमान गठबन्धनसँग कुनै योजना नरहेको 'ब्रिफिङ' गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताएका हुन्।
अध्यक्ष ओलीले बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारेको आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुअघि सम्बोधन गर्दै देशको अर्थतन्त्र मन्दीतर्फ गइरहेको बताएका थिए।
“अहिलेको सत्ता गठबन्धनको पहिलो र दोस्रो त्रैमासिक रिपोर्ट हेर्दा नकारात्मक दिशातिर गएर र मुलुक आर्थिक मन्दीतिर गएको चर्चा गर्नुभयो। यो मन्दीलाई उकास्न सत्ता गठबन्धनसँग कुनै प्याकेज छैन, योजना छैन भन्ने चर्चा गर्नुभयो,” उनले भने। अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबाट उत्पन्न अस्थिरताबारे पनि चर्चा गरेका थिए।
बैठकमा अध्यक्ष ओलीका तर्फबाट राजनीतिक प्रतिवेदन पेस गरिएको थियो। केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्षले आफ्नो सुझाव सल्लाह पेस गरेको उनले बताए।
अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीभित्रको अनुशासनको स्थितिबारे, पार्टीको लेखा परिषद्का अध्यक्ष डा. पुष्प कँडेलले पार्टी आर्थिक प्रणालीबारे र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले निर्वाचनको सम्बन्धमा बैठकलाई जानकारी गराएको उनको भनाइ छ।
उनका अनुसार फागुन २ गतेबाट शुरू भएको मिसन ग्रासरुट अभियानबारे समीक्षा पनि गरिएको थियो। मिसन ग्रासरुट अभियानको समीक्षाअन्तर्गत सुदूरपश्चिमका संयोजक लेखराज भट्टले, कर्णालीको सचिव योगेश भट्टराईले, कोशी प्रदेशको राजेन्द्र गौतमले रिपोर्ट प्रस्तुत गरेको थिए। अन्य प्रदेशको रिपोर्ट भने शुक्रबारको बैठकमा पेस गरिने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
