जावलाखेल युवा क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ।
काठमाडौँ– फ्रेन्ड्स क्लबलाई पराजित गर्दै जावलाखेल युवा क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ। च्यासल मैदानमा बुधबार सम्पन्न खेलमा फ्रेन्ड्सलाई ४-१ ले हराउँदै जावलाखेल शीर्ष स्थानमा फर्किएको हो।
जावलाखेलको जितमा एन्कोटो मसोआबीले २ तथा राहुल खोखर र फोडे फोफानाले १/१ गोल गरे। फ्रेन्ड्सका लागि श्यामबाबु क्याप्छाकीले एक गोल फर्काए। खेलको २१औँ मिनेटमा जावलाखेलले शुरूआती अग्रता लियो। अब्दुल अजिजको कर्नरमा भारतीय डिफेन्डर राहुलले हेडरमार्फत गोल गरे। २७औँ मिनेटमा अब्दुलले करिब २५ यार्डबाट प्रहार गरेको फ्रिककलाई एन्कोटोले गोलमा परिणत गरे।
६३औँ मिनेटमा मिडफिल्डबाट आएको बललाई एन्कोटोले अगाडि बढाएका थिए। डिबक्सबाट उनले अर्का खेलाडीलाई बल पास दिन खोजे पनि फ्रेन्ड्सका डिफेन्डर एन्जल महर्जनले ह्यान्ड गरे। त्यसपछि पाएको पेनाल्टीमा एन्कोटोले गोल गरे। लिसथोका सेन्ट्रल फरवार्ड एन्कोटोको जारी लिगमा यो १२औँ गोल हो।
८०औँ मिनेटमा श्यामले गोल फर्काए। राफिक एमुनीले प्रहार गरेको बललाई जावलाखेलका गोलरक्षक अनिश देउलाले समात्न सकेनन्। रिबाउन्डमा आएको बललाई श्यामले जाली चुमाए।
इन्ज्युरी समयमा एन्कोटोले डिबक्स भित्रबाट दिएको बललाई हाफ भलिमा फोडेले गोल गर्दै जावलाखेललाई ४-१ गोलअन्तरको जित दिलाए।
जितसँगै शीर्ष स्थानको जावलाखेलको १७ खेलबाट ३० अंक छ। जावलाखेलले ९ जित, ३ बराबरी र ५ हार बेहोरेको छ। समान अंक रहेको चर्च ब्वाइज ८ जित, ६ बराबरी र २ हारको नतिजा निकालेको छ। पराजित फ्रेन्ड्सले ५ जित,४ बराबरी र ८ हारसहित १९ अंक जोडेको छ। फ्रेन्ड्स ११औँ स्थानमा यथावत् छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
