कांग्रेसको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता खाँणबारे तत्काल कुनै निर्णय नगर्ने, अदालतको फैसला कुर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।
काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृण खाँणबारे पार्टीले कुनै निर्णय गरेन।
बुधबार बिहान मैंजुबहालस्थित आफ्नै निवासबाट पक्राउ परेका खाँणलाई अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता खाँण पक्राउ परेपछि बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले उनीमाथि पार्टीगत कारबाहीबारे कुनै निर्णय नगरेको पार्टी सहमहामन्त्री जीवन परियारले जानकारी दिए।
उनका अनुसार खाँणमाथि अभियोगबारे अदालतले दिन फैसला कुर्ने निर्णय बैठकले गरेको छ। “खाँणको विषयमा कांग्रेसले तत्काल कुनै निर्णय नगर्ने, अदालतको फैसला कुर्ने निर्णय भएको छ,” उनले भने।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अहिलेसम्म प्रहरीले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनालाई पक्राउ गरिसकेको छ। खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छन्।
यही प्रकरणमा नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। उनी अहिले फरार रहेका छन्। एमालेले भने उनलाई पार्टी सचिवबाट निलम्बन गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
