राजस्थानका ओपनर यशस्वी जैशवाल ४७ बलमा नटाउट ९८ रन बनाए। उनले १३ बलमा नै अर्धशतक पूरा गरेका थिए।
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले कोलकत्ता नाइट राइडर्समाथि सानदार जित हात पारेको हात पारेको छ।
ओपनर यशस्वी जैशवालको आक्रामक ब्याटिङमा राजस्थान ९ विकेटले विजयी भएको हो। गएराति इडेन गार्डेनमा घरेलु टोली कोलकत्ताले प्रस्तुत गरेको १५० रनको लक्ष्य राजस्थानले १४ औँ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो।
जैशवालले आक्रामक ब्याटिङ गर्दै राजस्थानलाई सहज जित दिलाए। जैशवाल ९८ रनमा नटआउट रहे। उनले ४७ बलमा १२ चौका र ५ छक्का प्रहार गरेका थिए।
शतक बनाउन २ रनले चुकेका जैशवालले १३ बलमा नै अर्धशतक पूरा गरेका थिए। कप्तान सन्जु स्यामसन ४८ रनमा नटआउट रहे। उनले २९ बलमा २ चौका र ५ ५क्का प्रहार गरे।
त्यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो।
कोलकत्ताका वेंकटेश ऐरले सर्वाधिक ५७ रन जोडे। कप्तान नितिश रानाले २२ रन बनाए। राजस्थानका स्पिनर युजवेन्द्र चहलले ४ विकेट लिए। ट्रेन्ट बोल्टले २, सन्दीप शर्मा र केएम आशिफले समान १/१ विकेट लिए।
यस जितसँगै राजस्थान १२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ। सातौँ स्थानमा रहेको कोलकाताको १० अंक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
