अस्ट्रियाको भियानामा भएको भेटमा दुवै पक्षले युक्रेनमा जारी युद्ध र चीन–ताइवान सम्बन्धलगायत महत्त्वपूर्ण विषयमा स्पष्ट, ठोस र रचनात्मक छलफल गरेको ह्वाइट हाउसले जनाएको छ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका उच्च कूटनीतिज्ञ वाङ यीसँग भियनामा भेटवार्ता गरेका छन्।
अस्ट्रियाको भियानामा भएको भेटमा दुवै पक्षले युक्रेनमा जारी युद्ध र चीन–ताइवान सम्बन्धलगायत महत्त्वपूर्ण विषयमा स्पष्ट, ठोस र रचनात्मक छलफल गरेको ह्वाइट हाउसले जनाएको छ।
यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच सम्भावित भेटवार्ताबारे अड्कलबाजीलाई यो भेटले पुनः बल दिने बताइएको छ। एएफपीका अनुसार यस विषयमा सोधिएको प्रश्नमा बाइडेनले प्रगति भएको बताएका छन्।
चीनले ताइवानलाई आफ्नो भूभाग भएको दाबी गर्दै आवश्यक परेको खण्डमा बल प्रयोग गरेर एक दिन उक्त टापुलाई आफ्नो नियन्त्रणमा ल्याउने तर ताइपेइ र विदेशी सरकारबीच कुनै पनि आधिकारिक सम्पर्कमा अवरोध नगर्ने जनाएको छ।
गत महिना बेइजिङले ताइवान र मुख्य भूमि चीनलाई छुट्याउने समुद्री क्षेत्रमा तीन दिने सैन्य अभ्यास शुरू गरेपछि एक अमेरिकी युद्धपोत ताइवान र मुख्य भूमि चीनबाट निस्केको थियो।
ताइवानका राष्ट्रपति साई इङ वेन र अमेरिकी सभामुख केभिन म्याकार्थीबीच क्यालिफोर्नियामा भएको भेटवार्तापछि उक्त अभ्यास भएको हो।
यसै वर्षको शुरूमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको प्रस्तावित भ्रमण अमेरिकाले ‘अमेरिकी भूभागमा निगरानी गरिरहेको चिनियाँ बेलुन’ खसालेपछि रद्द गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
