सुभद्रा–मदन फाउन्डेसनका सञ्चालक मदन राई यौन दुर्व्यवहार आरोपमा पक्राउ

आफूलाई कृषि वैज्ञानिकका रूपमा चिनाउँदै आएका राईलाई सोधपुछका लागि पक्राउ गरिएको खोटाङ प्रहरीले जनाएको छ।  

काठमाडौँ– सुभद्रा–मदन फाउन्डेसनका सञ्चालक मदन राई यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन्।

आफूलाई कृषि वैज्ञानिकका रूपमा चिनाउँदै आएका राईलाई सोधपुछका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता वेनुप्रसाद कार्कीले जानकारी दिए।  

“उहाँले फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएपछि अनुसन्धानका लागि  नियन्त्रणमा लिएका हौँ,” कार्कीले भने, “हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौँ।”

फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बिहीबार बाहिरिएको थियो।