गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।
पोखरा– गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ। खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि गठन भएको सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले शुक्रबार पूर्णता पाएको हो।
नयाँ मन्त्रिपरिषद्मा माओवादीबाट रेशम जुग्जाली, कांग्रेसबाट महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा र जितप्रकाश आले नियुक्त भएका छन्। यसअघि समाजवादीका सांसद दीपक मनाङे मन्त्री बन्ने चर्चा थियो। तर, अन्तिम समयमा मुख्यमन्त्री पाण्डेले आलेलाई मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका छन्।
मन्त्रिपरिषद् विस्तारसँगै बिनाविभागीय र नवनियुक्त मन्त्रीको जिम्मेवारी पनि तोकिएको छ। सुशीला सिम्खडाले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, सरस्वती अर्याल तिवारीले ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय, महेन्द्रध्वज जिसीले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन्।
त्यस्तै, रेशबहादुर जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय, जितप्रकाश आलेले आर्थिक मामिला मन्त्रालय र दीपेन्द्रबहादुर थापाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
