संकटालाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिस ‘ए’ डिभिजन लिगमा रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ।
काठमाडौँ– विदेशी खेलाडीको आगमनपछि लय समातेको विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन क्षेत्र छाडेको छ। दशरथ रंगशालामा शुक्रबार सम्पन्न दिनको पहिलो खेलमा पुलिसले संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
पुलिसको जितमा दुवै गोल विदेशी खेलाडीले गरे। मोजेस ग्याबा र मोहम्मद आशिकले पुलिसका लागि गोल गर्दा संकटाका निशान खड्काले फ्रिकिकमार्फत बराबर गरेका थिए। खेलको आठौँ मिनेटमै पुलिसले अग्रता लिएको थियो। पेनाल्टी क्षेत्रबाट अमहद हिजाजीले दिएको क्रसलाई मोजेसले गोलमा परिणत गरे।
२३औँ मिनेटमा संकटा खेलमा फर्कियो। निशानले पेनाल्टी क्षेत्र बाहिरबाट टप कर्नरमा प्रहार गरेको फ्रिकिक गोलमा परिणत भयो। १–१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पुलिसले थप एक गोल थप्यो।
७९औँ मिनेटमा आशिकको गोलबाट पुलिसले पुनः खेलमा अग्रता लियो। मिटफिल्डबाट आएको बललाई उनले डिबक्स भित्र लगेर प्रहार गरेका थिए। तर, पोलमा लागेर फर्कियो। उक्त बललाई उनले दोस्रो प्रयासमा गोलमा परिणत गरे। त्यसपछि खेलमा थप गोल हुन नसक्दा पुलिसले २–१ गोल अन्तरले खेल जित्यो। पहिलो लेगमा संकटाले पुलिसलाई ३-० गोल अन्तरले पराजित गरेको थियो।
जितसँगै पुलिस ११औँ स्थानमा उक्लिएको छ। पुलिसको १७ खेलमा ५ जित, ४ बराबरी र ८ हारको नतिजासहित १९ अंक छ।
पराजित संकटाको समान खेलमा ५ जित, ५ बराबरी र ७ हारको नतिजा छ। २० अंक रहेको संकटा अंक तालिकामा १०औँ स्थानमा छ।
मनाङ र शेर्पाको बराबरी
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न अर्को खेलमा मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्। मनाङका लागि नीराजन धामीले गोल गरे। हिमालयनका लागि अबायानी फकुल्नीले एक गोल फर्काए।
खेलको १४औँ मिनेटमा निराजनको गोलमार्फत मनाङले शुरूआती अग्रता लिएको थियो। तर, ३६ औँ मिनेटमा शेर्पा खेलमा फर्कियो। शेर्पाका अबायानीले बराबरी गोल फर्काए।
जितसँगै मनाङ १७ खेलबाट २१ अंकसहित आठौँ स्थानमा कायमै रहेको छ। मनाङले ५ जित, ६ बराबरी र ६ हारको नतिजा निकालेको छ। यता, शेर्पाले समान खेलमा उस्तै नतिजा निकालेको छ। २१ अंक नै रहेको शेर्पा अंक तालिकाको नवौँ स्थानमा कायमै रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
