नेता भट्टराईले नेपाल-भारतका प्रधानमन्त्रीले ईपीजीको प्रतिवेदन बुझेर कार्यान्वयन गर्नुपर्ने बताए।
काठमाडौँ– नेकपा (एमाले) का नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमाले नेतृत्वमा सरकार बनेपछि नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन कार्यान्वयन गर्नमा जोड दिने बताएका छन्।
बुधबार प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता भट्टराईले ईपीजीको प्रतिवेदन बुझ्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको पनि बताए।
उनले सन् २०१६ मा गठित ईपीजीले सन् २०१८ को जुलाईमा प्रतिवेदन तयार पारेर दुवै देशको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको भए पनि भारतीय प्रधानमन्त्री मोदीले प्रतिवेदन नबुझेका कारण अड्किएको सुनाए।
उनले एमाले सरकारमा आएपछि अड्किएका विषयवस्तुलाई कूटनीतिक माध्यमबाट उठाउने र सहमति भएका विषयलाई कार्यान्वयन गर्नमा जोड दिइने बताए।
"भारतीय पक्षले उनीहरूको प्रधानमन्त्रीको समय लिनुपर्ने हो। त्यो दिन नसकेका कारण यो अड्किएर बसेको छ", उनले भने, "हामी भोलि सरकारमा आइसकेपछि यस्ता अड्किएका विषयलाई कूटनीतिक माध्यमबाट उठाउने र सहमति भएका विषयलाई कार्यान्वयनमा लानुपर्ने कुरामा जोड दिइने छ।"
नेता भट्टराईले नेपाल-भारतका प्रधानमन्त्रीले ईपीजीको प्रतिवेदन बुझेर कार्यान्वयन गर्नुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
