नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जुनसुकै तह र तप्काको भए पनि कानूनी कठघरामा ल्याएर कडाभन्दा कडा सजाय दिनुपर्ने कोइरालाको भनाइ छ।
काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरण विश्व समुदायमा नेपालको शिर निहुरिएको बताएका छन्।
मानव तस्करीका यस्ता घटनामा संलग्नलाई कानूनी कठघरामा ल्याएर कडाभन्दा कडा सजाय दिनुपर्ने उनको भनाइ छ।
“भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामुमा देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौँ,” उनले शनिबार सामाजिक सञ्जालमा भनेका छन्, “राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर कडाभन्दा कडा सजाय दिनुपर्छ।”
नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिन भ्रष्टाचारविरूद्ध नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्नुपर्ने नेता कोइरालाको भनाइ छ। शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढ्दै गएको र त्यसले लोकतन्त्र र संविधानलाई असुरक्षित पारेकोसमेत उनले उल्लेख गरेका छन्।
नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सस्य बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
