कवि देवव्रतको कवितासंग्रह 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' सार्वजनिक भएको छ।
काठमाडौँ– कवि देवव्रतको कवितासंग्रह 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' सार्वजनिक भएको छ। काठमाडौँको सर्वनाम थिएटरमा शनिबार कवि श्रवण मुकारुङ, निबन्धकार दीपक सापकोटा र लेखक वन्दना ढकालले संग्रहको विमोचन गरेका हुन्।
विमोचन कार्यक्रममा बोल्दै कवि मुकारुङले देवव्रतको कवितामा लयविधान रहेको बताए। उनले देवव्रत पछिल्लो पुस्ताका नयाँ शैलीमा लेख्ने कविहरूनिकट रहेको बताए। “यो संग्रहमा मैले असाध्यै इन्जोय गरेका कविता छन्। कतिपय कविता पढ्दा ईर्ष्या पनि लाग्यो,” उनले भने, “उनका प्रत्येक कविता पढ्दा संगीत गुनगुनाए जस्तो छ।”
निबन्धकार सापकोटाले देवव्रतका कविता आज र भोलि जस्तै बिलाइजाने पानीको थोपा जस्ता नभएको उनले बताए। “देवव्रतका कवितामा उसको उपस्थिति टाढाबाट देखिने गुलमोहर जस्तो छ,” सापकोटाले भने। देवव्रतका कवितामा हजारौँ वर्षदेखिको घाउ, मधेशका दलित र कर्णालीका आममान्छेका जीवन समेटिएको बताए।
लेखक वन्दनाले देवव्रतका कविताले मृत्यु, आत्महत्यादेखि अहिलेको चरम उपभोक्तावादी समय प्रस्तुत गरेको बताइन्। उनले उनका कवितामा कर्णालीको अभावसमेत देखिने बताइन्। उनले भनिन्, “देवव्रतको कविताले भविष्यमा हस्तक्षेपकारी भूमिका खेल्छन्।”
कार्यक्रममा देवव्रतका शीर्ष कविता वाचन गरेका थिए। संग्रहलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो। पुस्तकको मूल्य २९९ रुपैयाँ रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
