आर्मीले 'ए' डिभिजन लिगको उपाधि दाबेदार चर्च ब्वाइजलाई पराजित गर्दा अर्को खेलमा मछिन्द्र फुटबल क्लबले थ्रीस्टारलाई १–० ले हराएको छ।
काठमाडौँ– जिलेस्पीजंग कार्कीको निर्णायक गोलको सहयोगमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबले 'ए' डिभिजन लिगको उपाधि दाबेदार चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दा अर्को खेलमा मछिन्द्र फुटबल क्लबले थ्रीस्टारलाई १–० ले हराएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलको ४३औँ मिनेटमा जिलेस्पीले जितेन्द्र कार्कीको क्रसलाई पेनाल्टी बक्सभित्र रहेका जिलेस्पीले हेडमार्फत जाली चुमाउँदा आर्मीले बलियो प्रतिद्वन्द्वी चर्च ब्वाईजसँग स्पष्ट तीन अंक खोस्न सफल भएको हो।
यसअघि दुवै टोलीले केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न असफल भएका थिए। १९औँ मिनेटमा आर्मी नवयुग श्रेष्ठको फितलो प्रहार चर्च ब्वाइजका गोलकिपर प्रिसो एन्जाङ्गाले बचाउँदा त्यसको केही सेकेन्ड्समै दिनेश हेन्जनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गर्दै आर्मीको काउन्टरलाई विफल बनाएका थिए। २४औं मिनेटमा जगजित श्रेष्ठको कर्नरमा नवयुगको हेडर प्रिसोले बचाए। २८ औँ मिनेटमा चर्च ब्वाइजका मौसम सुब्बाले गोलको सुनौलो अवसर गुमाए।
पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका मौसमको फितलो प्रहार आर्मीका गोलकिपर विकेश कुथुले विफल पारे। इन्जुरी समयमा मिलन राईको फ्रिकिकमा जोसेफ बेम्पाको गोलकिपर विकेसले बचाउँदा चर्च ब्वाइजले बराबरी गर्ने अवसर गुमायो।
यससँगै चर्च ब्वाइजविरुद्ध आर्मीले लिगका दुवै खेलमा सुखद् नजिता निकाल्न सफल भएको छ। पहिलो लेगमा पनि आर्मी १–० ले विजयी भएको थियो। जितसँगै १७ खेलमा २४ अंक जोडेको आर्मी पाँचौँ स्थानमा उक्लिएको छ। पराजयसँगै चर्च ब्वाइजले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। चर्च ब्वाइज समान खेलबाट ३० अंकका साथ दोस्रो स्थानमा कायम छ।
लिगअन्तर्गत च्यासल मैदानमा सम्पन्न खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लवले थ्री स्टार क्लबलाई स्तब्ध बनायो। खेलको १०औँ मिनेटमा युटा सुजुकीले मछिन्द्रलाई अग्रता दिलाए। पेनाल्टी क्षेत्रभित्र अफिजको कडा प्रहारलाई थ्री स्टारका गोलकिपर पूर्ण चेम्जोङले बचाए पनि रिबाउन्ड बललाई युटाले पोस्टको दिशा दिएका थिए।
बाँकी समयमा थ्री स्टारले खेलमा फर्किने केही अवसर बनाए पनि सफल हुन सकेन र मच्छिन्द्रलाई अंक सुम्पिन बाध्य भएको हो । यससँगै थ्री स्टारले लगातार छैठौं खेलमा पनि जित बिहीन बनेको छ।
शनिबारको जितसँगै मछिन्द्र तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। १७ खेलबाट ३० अंक जोडेर मछिन्द्र तेस्रो स्थानमा अटाउँदा समान खेलबाट २५ अंक बनाएको थ्री स्टार चौथो स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
