आइतबार बिहान पाकिस्तानकी नाइला कियानी र अमेरिकाकी जेसिका राय बेडेलले सगरमाथा आरोहण गरेका छन्।
काठमाडौँ– पाकिस्तानी र अमेरिकी महिलाले सगरमाथा आरोहण गरेका छन्। आइतबार बिहान ८:०२ मा पाकिस्तानकी नाइला कियानी सगरमाथाको चुचुरोमा पुगेकी हुन्।
उनी यो सिजन सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेकी छन्। त्यसैगरी, पाठेघरको क्यान्सरपीडित अमेरिकी महिला जेसिका राय बेडेलले पनि सगरमाथा आरोहण गरेकी छन्। उनी ८: ३८ मा शिखरमा पुगेकी हुन्।
नाइला इमाजिन समूहका सेर्पा गाइड पासाङ टेम्बा शेर्पाको सहयोगमा शिखरमा पुगेकी थिइन्। पाकिस्तानको जी–१ जी–२ र केटू चढिसकेकी उनी गत अप्रिलमा खतरनाक अन्नपूर्णको सफल आरोहणपछि सगरमाथामा आरोहणमा सहभागी भएकी थिइन्।
जेसिकालाई शिखरसम्म पुर्याउन सहयोगी मिग्मा शेर्पा १५औँ पटक सगरमाथा आरोहण गरिसकेका छन्। क्यान्सरबाट गुज्रिएकी जेसिकाको दृढता र शक्ति प्रेरणादायक छ। उनको सफलताले धेरै त्यस्ता महिलालाई उत्साह प्रदान गर्ने बताइएको छ।
सन् २०२३ को वसन्तकालीन आरोहणका लागि शनिबार बाटो खुलेपछि उनीहरू शिखरमा पुग्न सफल भएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
