सत्ता गठबन्धनबाट ललितपुर-३ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी पम्फा भुसालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै ललितपुरका ऐतिहासिक सम्पदाको 'डिजिटल प्रोफाइल' बनाउने वाचा गरेकी छन्।
काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरका ऐतिहासिक सम्पदाको 'डिजिटल प्रोफाइल' तयार पार्ने प्रतिबद्धता जनाएकी छन्।
सत्ता गठबन्धनको ललितपुर-३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेकी मन्त्री भुसालले आगामी दिनमा ललितपुरका ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बाको संरक्षण तथा प्रवर्द्धन गर्दै ‘डिजिटल प्रोफाइल’ तयार पार्ने बताएकी हुन्।
बुधबार ललितपुर-३ को वाम–लोकतान्त्रिक गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रमा उनले कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै आकर्षक पर्यटकीय ‘प्रोडक्ट’ उत्पादनका लागि स्थानीय तथा सरोकारवाला निकायसँग परामर्श गरेर स्पष्ट नीति निर्माण गरी कार्यान्वयन गरिने वाचा गरिन्। रथ, जात्रा, पर्व, खाना, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको प्रवर्द्धन गरिने उनले बताइन्।
मन्त्री भुसालले हस्तकला केन्द्रको स्तरोन्नति गर्ने, पर्यटकीय चक्रपथ, हाइकिङ तथा साइक्लिङ मार्ग निर्माण गर्ने, स्थानीय हिटी, पोखरी, राजकुलो, तालतलैयाको पुनःनिर्माण, संरक्षण र उपयोग गरिने बताइन्। निर्माणाधीन बागमती, नख्खु, कर्मनासालगायत करिडोर सम्पन्न गरिने, अध्ययन सम्पन्न भएका ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गरिने उनको भनाइ छ।
उनले घोषणापत्रमा स्थानीय सरकारको सहकार्यमा प्राकृतिक स्रोतको संरक्षण गर्ने, स्थानीय स्रोतको सामुदायिकीकरण गरिने, स्वच्छ पर्यावरणका लागि विद्युतीय साधनको प्रवर्द्धन गरिने, जनसहभागितामूलक सरसफाई तथा वृक्षारोपणलाई प्रोत्साहन गरिने, कृषि पर्यटनको प्रवर्द्धन, खेतीयोग्य जमिनको संरक्षण, सहुलियतपूर्ण सिँचाइको व्यवस्था, कृषि उपजको व्यवस्थित संकलन तथा बजारीकरण गरिने विषय समेटेकी छन्।
उनको प्रतिबद्धता पत्रमा हरेक श्रमको आर्थिक मूल्यको समानताका लागि नीति निर्माण गरी कार्यान्वयन गर्ने, महिलाहिंसा उन्मूलन र हरेक क्षेत्रमा महिला र बालबालिकाको सुरक्षा, ललितपुरमा रहेका विकास साझेदार संस्थाहरूसँग प्रभावकारी सहकार्य गर्दै थप नयाँ नियोगलाई आकर्षित गर्ने, क्लब र समूहलाई सवल तुल्याइ परिचालन गर्ने पनि विषय पनि समावेश छन्।
त्यसैगरी, शैक्षिक तथा उद्यम ऋणको कार्यान्वयनमा सहजीकरण गर्ने, ज्येष्ठ नागरिक र दीर्घरोगीका लागि स्वास्थ्यमा विशेष पहुँचको सुनिश्चितता गर्ने तथा ज्येष्ठ नागरिकमैत्री सार्वजनिक संरचनाको निर्माण तथा प्रवर्द्धन गर्ने पनि उनले उल्लेख गरिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
