बंगलादेश र म्यानमारको तटीय क्षेत्रमा १८०–१९० किलोमिटर प्रतिघण्टाको गतिमा आइतबार बिहान मोचा चक्रवात प्रवेश गरेको बताइएको छ।
काठमाडौँ– बंगलादेश र म्यानमारको तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवातले लेभल ५ को तह पार गरेको छ। करिब १९५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको शक्तिशाली चक्रवात मोचाले आँधीसँगै भारी वर्षा गराएको छ। जसका कारण बंगालको खाडी आसपासको क्षेत्र प्रभावित भएको बताइएको छ।
आँधीका कारण बंगलादेशको तल्लो तटीय क्षेत्रका बस्तीहरू डुवानमा पर्ने आकलन गरिएको छ। विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविर कोक्स बजारमा रहेका १० लाख मानिसहरूको बसोबास क्षेत्र पनि प्रभावित हुने प्रक्षेपण गरिएको छ।
मोचा समुद्री आँधी करिब दुई दशकयताकै शक्तिशाली आँधी हुनसक्ने मौसमविद्हरूले चेतावनी दिएको बीबीसीले जनाएको छ। अहिलेसम्म करिब पाँच लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताइएको छ।
अहिले शरणार्थी शिविरका विद्यालय प्राथनागृहहरूमा बनाइएका थुप्रै आश्रय स्थलहरू भरिभराउ भएका छन्। त्यस क्षेत्रका सुरक्षाकर्मीहरूले शनिबारदेखि समुद्री तटबाट टाढै रहन स्थानीयलाई सचेत गराएका छन्। बंगलादेशको सरकारी निकायले आइतबार मौसमी प्रक्षेपण जारी गर्दै बाढी पहिरोको चेतावनीसमेत दिएको छ।
एपी न्युजका अनुसार मोचा चक्रवात १८०–१९० किलोमिटर प्रतिघण्टाको गतिमा आइतबार बिहान म्यानमारको रखाइन राज्यको तटमा पुगे छ। म्यानमारको मौसम विज्ञान विभागले आइतबार दिएको जानकारीअनुसार दिउँसोसम्ममा आँधीको केन्द्रबिन्दु सिट्वे टाउनशिप नजिकै पुग्ने अनुमान गरिएको छ।
सिट्वेका तीन लाख बासिन्दामध्ये चार हजारभन्दा बढीलाई शुक्रबारदेखि अन्य शहरमा सारिएको छ। २० हजारभन्दा बढी मानिस शहरका उच्च भूभागमा रहेका गुम्बा, मन्दिर र विद्यालयलगायतका भवनमा आश्रय लिन पुगेका छन्।
स्थानीय परोपकारी संस्थाका अध्यक्ष लिनका अनुसार सिट्वेका आश्रय स्थलमा सोचेभन्दा बढी मानिस आएपछि खाना र पानी अभाव हुने देखिएको छ। “आँधी अझै भित्रिएको छैन, त्यसैले हामीलाई धेरै गाह्रो छैन। तर, आश्रय स्थलमा धेरै मानिस छन् र खाना र पानी अभाव हुने देखिन्छ। शौचालय पनि पर्याप्त छैनन्,” उनले भने।
म्यानमारमा आइतबार बिहान हावाहुरी र वर्षाका कारण कैयौँ व्यक्तिको मृत्यु भएको बताइएको छ। आधिकारिक रूपमा पुष्टि नभएको समाचारमा जनाइएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार हावाहुरीका कारण मोबाइल फोनका टावर ढलेका छन् भने भवनहरू क्षतिग्रस्त बनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
