आइतबार कूल २७ लाख ८८ हजार ८१५ कित्ता शेयर ९० करोड पाँच लाख ६३ हजार ८५६ रुपैयाँमा किनबेच भयो
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.९६ अंकले ओरालो लागेर १८२१.६४ मा सीमित भएको छ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५२ अंकले ओरालो लागेर ३४९.५८ मा सीमित भएको छ। कारोबार भएका कूल १३ वटै उपसमूहमध्ये एक उपसमूहको शेयर मूल्यमा सामान्य वृद्धि भएको छ, भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ। कूल २७ लाख ८८ हजार ८१५ कित्ता शेयर ९० करोड पाँच लाख ६३ हजार ८५६ मा कारोबार भयो।
कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ। सो कम्पनीको पाँच करोड ३५ लाख ७५ हजार ७८१ बराबरको कारोबार भयो। हिमालयन डिस्टिलरी चार करोड ५९ लाख ६९ हजार १८९, एनआईसी एशिया बैंक चार करोड ५७ लाख ५४ हजार ७०४, शिवम् सिमेन्ट तीन करोड ६० लाख ७१ हजार ५९० र नबिल बैंक तीन करोड सात लाख ९० हजार ८०१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार ओरालो लागेको बजारमा आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। नागरिक लगानी कोष ३.९३, मिथिला लघुवित्त ३.८६, बाराही हाइड्रोपावर ३.७८ र स्वाभिमान लघुवित्तको शेयर मूल्य ३.०५ प्रतिशतले बढेको छ।
यस्तै, राष्ट्र उत्थान लघुवित्त ६.३७, दोर्दीखोला जलविद्युत् ५.९२, हिमालयन ऊर्जा विकास कम्पनी ५.७०, श्वेतगङ्गा हाइड्रोपावर ५.२३ र कृषि विकास बैंकको शेयर मूल्य ५.०२ प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
