बराबरीपछि शीर्ष स्थानमा रहेको जावलाखेलले दोस्रो स्थानमा रहेको चर्च ब्वाईजसँग तीन अंकको अग्रता बनाउने अवसर गुमाएको छ।
काठमाडौँ– अग्रता जोगाउन नसक्दा जावलाखेल युथ क्लब राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी फुटबल क्लबसँग बराबरीमा रोकिएको छ।
लतिपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा जावलाखेलले दुई गोलको अग्रता जोगाउन नसक्दा मनाङ मर्स्याङ्दी क्लबविरुद्ध २–२ को बराबरीमा रोकिएको हो।
रोमाञ्चक बनेको खेलमा जावलाखेलका लागि एनकोटो मासोबी र हिसुब थपलियाले शुरूआती अग्रता दिलाए पनि मनाङका लागि विशोन गुरुङ र सुमित श्रेष्ठले अन्तिम १० मिनेटभित्र दुई गोल गरेपछि मनाङले अंक खोस्न सफल भएको हो।
बराबरीपछि शीर्ष स्थानमा रहेको जावलाखेलले दोस्रो स्थानमा रहेको चर्च ब्वाईजसँग तीन अंकको अग्रता बनाउने अवसर गुमाएको छ।
शुरूआतमा आक्रामक खेल्दै मनाङलाई दबाबमा राखेको जावलाखेलका लागि खेलको ३४औँ मिनेटमा मासोबीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
विनोद केसीले प्रदान गरेको बललाई नियन्त्रणमा लिँदै मनाङका गोलकिपर दीप कार्कीलाई बिट गर्दै मासेबीले जाली चुमाउन सफल भएका थिए। त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन र जावलाखेल पहिलो हाफमा अग्रता कायम राख्न सफल भएको थियो।
७५औँ मिनेटमा हिसुबले जावलाखेलको अग्रता दोब्बर बनाए। हिसुबले फोडे फोफनाको पासलाई सदुपयोग टोलीलाई अगाडि बढाउँदा ८१ औँ मिनेटमा विसोनले गोल गर्दै खेललाई २–१ को स्थितीमा ल्याए।
विसोनले कोफी टिमोथी कोडुको पासलाई सदुपयोग गर्दै आकर्षक गोल गर्न सफल भएका थिए। त्यसपछि तालमेलेको अभावको फाइदा उठाउँदो मनाङले अन्तिम मिनेटमा गोल थप्दै खेल २–२ को बराबरीमा ल्यायो र दुवै टोलीबाट थप गोल हुन सकेन। बाँकी समयमा बल पोजिसनमा अगाडी देखिएको मनाङले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेन।
यससँगै लिगमा मनाङविरुद्ध जावलाखेल अपराजित रह्यो। पहिलो लेगमा जावलाखेल ३–० ले विजयी भएको थियो। यस बराबरीसँगै जावलाखेलले शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिने अवसर गुमाएको हो। जावलाखेलको १८ खेलमा ३१ अंक छ।
एक खेल कम खेलेको चर्च ब्वाइज ३० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। मनाङ १८ खेलमा २२ अंकका साथ सातौँ स्थानमा उक्लिएको छ।
लिगअन्तर्गत आइतबार एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा पनि न्युरोड टिम (एनआरटी) र फ्रेण्ड्स क्लबले पनि समान २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बराबरीमा रोकिए पनि फ्रेन्ड्स क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसन क्षेत्र छाडेको छ। खेलको २८ औँ मिनेटमा रफिक अमिनुले फ्रेण्ड्सलाई अग्रता दिलाएका थिए।
५८ औँ मिनेटमा अमित तामाङको आत्मघाती गोलमार्फत एनआरटी बराबरीमा आएको थियो। ६६ औँ मिनेटमा अमितले पेनाल्टीमार्फत गोल गर्दै फ्रेण्ड्सलाई २–१ ले अगाडी बढाए। ८९ औँ मिनेटमा निकोलस सङ्गले गोल गर्दै एनआरटीलाई हारबाट जोगाए।
लिगमा एनआरटीविरुद्ध फ्रेन्ड्स अपराजित रहेको हो। पहिलो लेगमा फ्रेण्ड्स ३–१ ले विजयी भएको थियो । यस बराबरीसँगै १८ खेलमा २० अंक जोडेको फ्रेण्ड्स १२ औँ स्थानमा उक्लिएको छ। फ्रेन्ड्स रेलिगेसन क्षेत्रको नेपाल पुलिस क्लवको भन्दा मात्र एक अंक बढी हो। एनआरटी १८ खेलमा २२ अंकका साथ नवौं स्थानमा यथावत् छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
