नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि थुनामा राख्ने अनुमति लिन सोमबार अदालत लगिँदैछ।
काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई अनुसन्धान गर्न म्याद थपका लागि सोमबार अदालत लगिँदैछ।
रायमाझी आइतबार राति पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्कीले उनलाई सोमबार म्याद थपका लागि अदालत लगिने जानकारी दिए।
जिल्ला सरकारी वकिलको कार्यालयले चार दिनभित्र अनुसन्धान सकेर प्रतिवेदन बुझाउन निर्देशन दिएकै दिन रायमाझी पक्राउ परेका हुन्। प्रहरीले आइतबार साँझ बूढानीलकण्ठबाट पक्राउ गरेपछि उनलाई आज म्याद थपका लागि लैजान लागेको हो।
प्रहरीले अनुसन्धानका लागि हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको बयान पनि आजै सरकारी वकिलको कार्यालयमा गराउने तयारी गरेको छ। प्रहरीको सोधपुछ सकिए पनि मुद्दाको मिसिलमा समावेश गरिनुपर्ने बयान हुन बाँकी छ। यो बयान सरकारी वकिलसहितको उपस्थितिमा गराउनुपर्ने हुन्छ।
प्रहरीका एक अधिकारिले अनुसन्धान प्रतिवेदन बुझाउनुपर्ने समय कम भएकाले आइतबार पक्राउ परेका रायमाझीको पनि बयान पनि आजै गराउने तयारी गरेको छ। यो प्रकरणमा अहिलेसम्म १३ जना पक्राउ परिसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
