पक्राउ पुर्जी जारी भएपछि अर्घाखाँचीबाट बुटवल आएका रायमाझी त्यहाँबाट फरार भएका थिए। उनी पोखरास्थित आफन्तको घरमा बसेको खुलेको छ। पोखराबाट काठमाडौँ आएलगत्तै उनी पक्राउ परेका हुन्।
काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले सचिव एवं पुर्वमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले परिचालन गरेको टोलीले पक्राउ गरेको खुलेको छ।
रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी गरेको दिन उनी अर्घाखाँचीमा थिए। सभामुख देवराज घिमिरेसँग रहेका उनी त्यसै दिन बुटवल आएका थिए। त्यहाँबाट फरार भएका थिए।
उनलाई पक्राउ गर्न नसकेपछि आईजीपी कुँवरको आलोचना भएको थियो। उनलाई पक्राउ गर्न आइजीपी कुँवरले अलग्गै टोली परिचालन गरेका थिए। जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि परिचालित थियो। त्यस्तै, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली पनि परिचालित थियो।
एक उच्च प्रहरी अधिकृतका अनुसार रायमाझी भारतमा लुकेर बसेको आशंकामा उनलाई पक्राउ गर्न एउटा टोली भारत नै पुगेको थियो। तर, रायमाझी पक्राउ पुर्जी जारी भएदेखि नै पोखरामा एक जना आफन्तको घरमा लुकेर बसेको खुलेको छ।
मुद्दाको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने दिन नजिक आएपछि रायमाझी आइतबार नै पोखरा हुँदै काठमाडौँ पुगेका थिए। उनी काठमाडौँ आएको जानकारी पाएपछि आईजीपी मातहतको प्रहरीको विशेष ब्यूरोले रेकी गरेको थियो।
रायमाझी बूढानीलकण्ठमा रहेको पुष्टि भएपछि पक्राउ गरिएको ती अधिकृतले जानकारी दिए। उनलाई बूढानीलकण्ठस्थित नारायण पौडेलको घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको हो। विशेष ब्यूरोले पक्राउ गरेपछि परिसर र अनुसन्धान कार्यालयका अधिकृत त्यहाँ पुगेका थिए।
"उनी फरार भएपछि आइजिपी साबलाई निकै दबाब भएको थियो। त्यही भएर उहाँले नै विशेष ब्यूरो परिचालन गर्नुभएको थियो," ती प्रहरी अधिकृतले भने, "हामी पनि सक्रिय थियौं । त्यहाँ पुगेको जानकारी पनि भएको थियो। तर, पक्राउ गर्न आईजीपी साबकै टोली पुग्यो। हामी पनि सँगसँगै पुगेका थियौँ।"
उनलाई राति नै टेकुस्थित जिल्ला प्रहरी परिसर ल्याइएको थियो। रायमाझीलाई सोमबार नै बयान गराउने प्रहरीको तयारी छ। उनका छोरा सन्दीप यसअघि नै पक्राउ परिसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
