सीमित व्यक्ति र समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखियो : प्रधानमन्त्री
प्रधानमन्त्री दाहालले उपलब्ध स्रोतसाधन अनुत्पादक र कम उत्पादक क्षेत्रमा केन्द्रित हुँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोतसाधनको उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्।
सोमबार नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित 'अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानको भावी कार्यदिशा'सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उपलब्ध स्रोतसाधन अनुत्पादक र कम उत्पादक क्षेत्रमा केन्द्रित हुँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका हुन्।
“सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत, साधनको उपयोग गर्ने, उपलब्ध स्रोत, साधन प्रत्यक्ष, अप्रत्यक्ष रूपमा अनुत्पादक वा कम उत्पादक क्षेत्रमा केन्द्रीत हुने जस्ता समस्या पनि यस बीचमा राम्रैसँग देखिएका छन्। अहिले अर्थतन्त्रमा समस्या देखिनुमा यस्तै अनपेक्षित क्रियाकलाप पनि धेरै हदसम्म जिम्मेवार रहेका छन्,” उनले भने।
उनले बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने अत्यन्त न्यून देखिएको भन्दै यसतर्फ समयमै उचित कदम चाल्न ध्यानाकर्षण गराए। उनले संकटतर्फ गइरहेको अर्थतन्त्र रोक्न रोक्न केन्द्रीय बैंक तथा बैंकिङ क्षेत्रले समयमै उचित कदम चाल्नु आवश्यक रहेको बताए।
प्रधानमन्त्री दाहालले दैनिक उपभोग्य वस्तुको ठूलो मात्रामा आयात गर्नुपरेकाले व्यापार घाटा चुलिँदै गएको उल्लेख गर्दै सरकारको नीति, योजना र कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन नसक्दा उत्पादन र रोजगारी वृद्धितर्फ देशले प्रगति हासिल गर्न नसकेको बताए। उनले किसानले बेलैमा मल पाउने गरी मलको आपूर्ति सुनिश्चित भएको बताए। त्यस्तै, भ्रष्टाचारविरुद्ध सरकार गम्भीर रूपले लागेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
