सांसद यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निस्तेज पार्न ठूलो दलका नेताहरू सक्रिय भइरहेको आशंका व्यक्त गरे।
काठमाडौँ– जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचार नभई देशद्रोह भएको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले भने, “अहिले सर्वाधिक चर्चाको विषय रहेको नक्कली भुटानी शरणार्थी प्रकरण छ। यसलाई सामान्य भ्रष्टाचार हो भन्ने भाष्य निर्माण गर्न खोजिँदै छ। त्यसैले यो सामान्य भ्रष्टाचार होइन। यो देशद्रोह हो,” उनले भने। यो प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित सबै पक्षले सक्रियतापूर्वक ध्यान दिनुपर्ने उनको भनाइ छ।
सांसद यादवले यो प्रकरणले सिंगो राजनीतिक वृत्तमा नै अविश्वासको वातावरण सिर्जना गरिरहेको उल्लेख गर्दै त्यसलाई त्यही रूपमा लिई अनुसन्धानको प्रक्रिया अघि बढाउनुपर्ने बताए। यो प्रकरणलाई निस्तेज पार्न ठूलो दलका नेताहरू सक्रिय भइरहेको आशंका पनि व्यक्त गरे।
“साथसाथै अहिले जसरी ठूला दलका नेताहरू दिनहुँ भेटिरहेका छन्। र, आम जनमानसमा शंका निर्माण हुने अवस्था सिर्जना भएको छ,” उनले
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
