एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालाबाट नक्कली भुटानी शरणार्थी प्रकरणको शुरूआत भएको दाबी गरेका छन्।
काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको शुरूआत तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालाबाट भएको दाबी गरेका छन्। एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारमा गृहमन्त्री रहेका खाँणको पालामा सो प्रकरणको शुरूआत भएको उनको जिकिर थियो।
पार्टीनिकट युवाको संगठन राष्ट्रिय युवासंघ नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले भने, "नेकपा एमाले नेतृत्वको सरकार हटेर परमादेश नेतृत्वको सरकार बनेपछि जसले गृह मन्त्रालयको नेतृत्व लिएका थिए, उनीहरूको योजनामा भुटानी शरणार्थीको व्यवस्थापनका सन्दर्भमा गरिएको कार्यदलको रिपोर्टभित्र नयाँ नामहरू समावेश गर्ने कृत्रिम धन्दा गरियो। त्यहीभित्र नेपाली नागरिकलाई ठग्ने धन्दा शुरू भएको थियो भन्ने कुरा बाहिर आइसकेपछि अनेकन् ढंगले तथ्यलाई लुकाउने जुन प्रकारको प्रयास भएको छ।"
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका एमाले नेता टोपबहादुर रायमाझीसमेत पक्राउ परेका छन्। रायमाझी आइतबार साँझ काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ परेका हुन्। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले तीन दिनको समय दिएको छ। यो प्रकरणमा टोपबहादुरसहित नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री खाँणलगायत १३ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
कार्यक्रममा एमाले महासचिव पोखरेलले राष्ट्रमाथि घात हुने खालको सो प्रकरणमा बदमासी अरूले गरे पनि एमालेलाई दोषी साबित गर्ने धृष्टता भइरहेको भन्दै आक्रोश पोखे। उनले सो प्रकरणमा संलग्नहरू भ्रष्टाचारविरोधी अभियानको नेताजस्तो गरेर हिँडिरहेको उल्लेख गर्दै उनीहरूलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरे।
महासचिव पोखरेलले तत्कालीन माओवादी लडाकु शिविरमा भएको घोटालाबारे छानबिन गर्न सरकारलाई चुनौती दिए। मुलुकमा भएको ठूलाठूला भ्रष्टाचारको काण्डलाई छानबिन गर्न एमाले तयार भए तापनि सरकार तयार नभएको उनको दाबी थियो।
महासचिव पोखरेलले कमजोर पार्टीको नेतृत्वमा सरकार बनेकाले पनि मुलुकको अर्थतन्त्र संकटमा पुगेको दोहोर्याए। उनले देउवा नेतृत्वकै तत्कालीन पाँच दलीय गठबन्धनको सरकारले अनधिकृत व्यक्तिलाई समावेश गरेर बजेट बनाउँदा मुलुकमा आर्थिक संकट आएको उल्लेख गर्दै सो घटनाको सत्यतथ्य बाहिर ल्याउन पनि आग्रह गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
