नरेन्द्र मोदी क्रिकेट स्टेडियममा घरेलु टोली गुजरातले दिएको १८९ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाएको थियो।
काठमाडौँ– साबिक विजेता गुजरात जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ।
शुभमन गिलको शतकमा सनराईजर्स गुजरातले हैदराबादलाई ३४ रनले पराजित गरेको हो। गुजरात प्लेअफमा पुग्ने पहिलो टोलीसमेत बनेको छ।
गएराति घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा घरेलु टोली गुजरातले दिएको १८९ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन बनायो।
हैदराबादका हेनरिच क्लेसनले ६४ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। भुवनेश्वर कुमारले २६ बलमा ३ चौकाको सहयोगमा २७ रन बनाए।
गुजरातका मोहिल शर्मा र मोहम्मद सामीले समान ४/४ विकेट लिए। यश दयालका नाममा १ विकेट रह्यो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ९ विकेट गुमाएर १ ८८ रन बनाएको थियो।
गुजरातका ओपनर शुभमन गिलले १०१ रनको शतकीय इनिङ्स खेले। उनले ५८ बलमा १३ चौका र १ छक्का प्रहार गरे। साई सुदर्शनले ३६ बलमा ६ चौका र १ छक्काको सहयोगमा ४७ रन बनाए।
हैदराबादका भुवनेश्वर कुमारले ५ तथा टी नटराजन,फैजलहक फरुकी र मार्को ज्यानसनले १/१ विकेट लिए।
नौ जित र चार हारका साथ गुजरात १८ अंकसहित शीर्षस्थानमा कायम छ। हैदराबाद भने नवौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
