सबैजसो संसदीय समितिको कार्यसूचीमा स्वागत र परिचय, समितिको कार्यक्षेत्रका सम्बन्धमा जानकारी र विविध राखिएको सचिवालयले जनाएको छ।
काठमाडौँ– प्रतिनिधिसभाका संसदीय समितिको पहिलो बैठक मंगलबार बस्दै छ। १० मध्ये सात वटा समितिको बैठक बिहान नौ बजे शुरू भएको संसद् सचिवालयले जनाएको छ।
अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन न्याय तथा मानवअधिकार, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिको बैठक शुरू भएको छ।
सचिवालयका अनुसार दिगो विकास तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिका बैठक ११ बजे बस्ने छ। यस्तै विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ बजेलाई बोलाइएको सचिवालयले जनाएको छ। समितिको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गरेका छन्।
सबैजसो संसदीय समितिको कार्यसूचीमा स्वागत र परिचय, समितिको कार्यक्षेत्रका सम्बन्धमा जानकारी र विविध राखिएको सचिवालयले जनाएको छ।
संसदीय समितिहरूले सरकारलाई प्रतिनिधिसभाप्रति उत्तरदायी र जबाफदेही बनाउने, सरकारबाट भए गरेका कामकारबाहीबारे अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन पाउने कानुनी व्यवस्था छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
