संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा दोषी कोही पनि उम्किन नपाउने बताएका छन्।
काठमाडौँ– उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी रहेका कोही पनि उम्किन नपाउने बताएका छन्।
मंगलबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उक्त घटनाको अनुसन्धान कतैबाट पनि प्रभावित नहुने बताएका हुन्। “प्रहरीले अनुसन्धान गरिरहेको छ। यसमा संलग्न जो भए पनि उम्किन पाउँदैन। निर्दोष फस्दैन,” उनले भने।
सांसदहरूले अनुसन्धान भइरहेको विषयमा चासो राखेपछि गृहमन्त्री श्रेष्ठले जवाफ दिएका हुन्। बैठकमा सांसदहरूले समितिको कामलाई प्रभावकारी बनाएर लैजानुपर्ने धारणा राखेका थिए। पहिलो बैठक भएकाले अन्य एजेन्डामा भने छलफल भएन।
समिति गठन भएपछि मंगलबार पहिलो पटक १० वटै विषयगत समितिका बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेका छन्। समितिले छिट्टै सभापति चयन गर्ने बताइएको छ।
दलहरूबीच भएको सहमतिका आधारमा भागबन्डा गरेर समितिको नेतृत्व लिने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
