गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानले पुर्याउने बाटोसम्म पुगेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार दबाबमा परेर छानबिनबाट पछि नहट्ने बताएका छन्।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले उक्त प्रकरणमा प्रहरीलाई कसैको पनि दबाबमा नपरीकन काम गर्न निर्देशन दिइएको र प्रहरीले निष्पक्ष रूपमा काम गरिरहेको उल्लेख गरे।
“सरकारको तर्फबाट कुनै बायसनेस लिइने छैन र सरकार कुनै दबाबका अघि झुक्ने छैन। अनुसन्धानले जहाँसम्म लैजान्छ त्यहाँसम्म सरकार पुग्छ,” उनले भने।
उनले अनुसन्धानका आधारमा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानूनी दायरामा ल्याउने सरकारको काम भएको तर्क गरे।
उनले अनुसन्धानले पुर्याउने बाटोसम्म सरकार पुगेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे। भ्रष्टाचारका अन्य प्रकरणको पनि अनुसन्धान हुने उनको भनाइ छ।
बैठकमा नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग गरेका थिए।
सरकारले नक्कली भुटानी शरणार्थीमा छानबिनका लागि सबै दलको समर्थन पाएको भन्दै दोषी नउम्किने र निर्दोष नफस्ने गरी कारबाही अघि बढाउनुपर्ने उनको भनाइ थियो।
सांसद शर्माले नक्कली भुटानी शरणार्थीको छानबिनका सन्दर्भमा सक्कली छानबिनको वस्तुस्थिति के छ भन्नेबारेमा जानकारी गराउन गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
