नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, युवा नेताहरू गुरु घिमिरे, रञ्जित कर्ण र भूपेन्द्रजंग शाही लगायतका नेताहरूले ‘नेपाली कांग्रेस रूपान्तरण अभियानको घोषणा’ गरेका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका युवा नेताले ‘नेपाली कांग्रेसको रूपान्तरण अभियानको घोषणा’ गरेका छन्। केन्द्रीय सदस्य मधु आचार्य, युवा नेताहरू गुरु घिमिरे, रञ्जित कर्ण र भूपेन्द्रजंग शाही लगायतका नेताहरूले काठमाडौँमा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेस रूपान्तरण अभियानको घोषणा गरेका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य आचार्यले नेपाली कांग्रेस पार्टी जमुवा पोखरीझैँ भएको बताए। उनले कांग्रेसको चाल, चरित्र र चेहरालाई परिवर्तन नगरी कांग्रेस रूपान्तरणको सम्भावना नभएको भन्दै आफूहरूले पार्टीको समय सापेक्ष रूपान्तरण गर्ने बताए।

उनले कांग्रेसको कमीकमजोरीबाट फाइदा उठाएर देशको राजनीतिमा उग्र वामपन्थी र दक्षिणपन्थी शक्तिहरूको उदय भएको जिकिर गरे। कांग्रेस रूपान्तरणको अभियानलाई अगाडि बढाउनुपर्ने टड्कारो आवश्यकता भएकाले अभियानको घोषणा गरिएको उनले उल्लेख गरे।
उनका अनुसार अभियानले जेठ ११ गते जनकपुर, जेठ १६ गते काठमाडौँ, जेठ २० गते पोखरा, जेठ २२ गते दाङ, जेठ २४ गते सुर्खेत, जेठ २६ गते धनगढी, जेठ २९ गते इटहरी र जेठ ३१ गते पुनः काठमाडौँमा बृहत् भेला तथा अन्तरक्रिया कार्यक्रम गर्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
