मुम्बईलाई पराजित गर्दै लखनऊ प्लेअफ नजिक

१७८ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनायो।

काठमाडाैँ– मुम्बई इन्डियन्सलाई पराजित गर्दै लखनऊ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल)काे प्लेअझ नजिक पुगेको छ। गएराति भएकाे खेलमा घरेलु टाेली लखनऊले ५ रनको रोमाञ्चक जित हात पारेको हो। 

१७८ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनायो। मुम्बईका ओपनर ईशान किशनले ५९ रन बताए। उनले  ३९ बलमा ८ चौका र १ छक्का प्रहार गरे पनि टाेलीकाे हार टार्न सकेनन्।  

कप्तान रोहित शर्मा ३७ रनमा आउट भए। लखनऊका रवि विश्नाेई र यश ठाकुरले २/२ विकेट लिए। मोहसिन खानका नाममा १ विकेट रह्याे। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे लखनऊले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। लखनऊको जितमा मार्कस स्टोइनिसले अविजित ८९ रन बनाए। उनले ४७ बलमा ४ चौका र ८ छक्का प्रहार गरे। कप्तान क्रुनाल पान्ड्या ४९ रनमा आउट भए। 

मुम्बईका जेसन बेहर्नडोर्फले २ तथा पीयूष चवालाले १ विकेट लिए। जितसँगै लखनऊले तेस्रो स्थान रहँदै प्लेअफ सम्भावना बलियाे बताएकाे छ।

अन्तिम खेलमा शनिबार कोलकत्तालाई पराजित गरे लखनऊ प्लेअफमा पुग्नेछ। पराजित भए अन्य टोलीको नतिजामा भरपर्छ। मुम्बई १४ अंकका साथ चौथो स्थानमा छ।