सन् १९८० को दशकमा हराएको ‘सालभञ्जिका टुँडाल’ अस्ट्रेलियास्थित ‘आर्ट ग्यालरी अफ न्यु साउथ वेल्स’मा भेटिएको थियो।
काठमाडौँ– सन् १९८० को दशकमा ललिटपुर सुलिमा टोलस्थित रत्नेश्वर मन्दिरबाट हराएको ‘सालभञ्जिका टुँडाल’ पाटन संग्रहालयलाई हस्तान्तरण गरिएको छ।
१३/१४औँ शताब्दीमा काठबाट बनेको कलात्मक टुँडाल अस्ट्रेलियास्थित ‘आर्ट ग्यालरी अफ न्यु साउथ वेल्स’बाट फिर्ता ल्याइएको थियो। टुँडाल विभिन्न माध्यम हुँदै सन् २००० मा अस्ट्रेलिया पुगेको बताइएको छ।
टुँडाल नेपालको भएको दाबी प्रमाण पुगेसँगै संग्रहालयले मूर्ति फिर्ताको निर्णय गरेको हो। अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले टुँडाल नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए।
टुँडाललाई सकेसम्म पूर्वतः स्थानमा राख्ने योजना रहेको रत्नेश्वर मन्दिरका पुजारी बागेश्वर राजोपाध्यायले बताए। यसका लागि कागजी प्रक्रिया बाँकी रहेको उनको भनाइ छ।
यस्तै बुंगमतिबाट हराएको छैटौँ शताब्दीको बुद्धको मूर्ति र पाटनको इबाहा बाहीबाट हराएको नृत्यदेवीको मूर्ति पनि फिर्ता भएको छन्।
उक्त मूर्ति केही दिनअघि राष्ट्रिय संग्रहालय छाउनीमा हस्तान्तरण गरिएको पुरातत्त्व अधिकृत सरिता सुवेदीले बताइन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
