अमेरिकी राष्ट्रपति जो बाइडेन उपस्थित नहुने भएपछि क्वाड शिखर सम्मेलन स्थगित भएको छ। देशमा बढिरहेको आर्थिक संकटलाई मन्धयनजर गर्दै बाइडेनले अस्ट्रेलिया भ्रमण रद्द गरेका हुन्।
देशमा भइरहेको अशान्तिलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेन क्वाड शिखर सम्मेलन सहभागी नहुने भएका छन्।
यसैलाई ध्यानमा राख्दै अस्ट्रेलियाले सिड्नीमा हुने क्वाड शिखर सम्मेलन रद्द गरेको छ। उक्त बैठकमा भारत, अस्ट्रेलिया, जापान र अमेरिका सहभागी हुने तय थियो।
एन्थोनी अल्बानीजले सिड्नी क्वाड बैठक अगाडि नबढ्ने पुष्टि गरेका छन्। बाइडेन जापानमा हुने जी–७ शिखर सम्मेलनमा भाग लिएर फर्कने र अस्ट्रेलियामा हुने क्वाड नेताहरूको शिखर सम्मेलनमा सहभागी नहुने बताएको द गार्डियनले जनाएको छ।
अमेरिका अहिले राजनीतिक र आर्थिक संकटबाट गुज्रिरहेको छ। अमेरिकामा पनि ऋण संकट बढ्दै गएको छ। बाइडेनले मंगलबार ह्वाइट हाउसमा यस सम्बन्धमा आपत्कालीन बैठकसमेत गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
