सोलुखुम्बुको थामे निवासी कामीरिता २७औँ पटक सगरमाथा शिखरमा पुगेर विश्व कीर्तिमान बनाएका छन्। बुधबार बिहान शिखरमा पुगेका उनले आफ्नै नाममा रहेको कीर्तिमान तोडेका हुन्।
काठमाडौँ– कामीरिता शेर्माले २७औँ पटक सगरमाथा आरोहण गरेका छन्। कामीरिताको टोली बुधबार बिहान ८: ३० बजे शिखरमा पुगेको सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरगाईंले जानकारी दिए।
योसँगै उनले आफ्नै नाममा रहेको सबैभन्दा बढी पटक सगरमाथाको शिखरमा पुग्ने आरोहीको कीर्तिमान तोडेका छन्। कामीरिताले सन् २०२२ मे ७ मा २६ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए।
सोलुखुम्बुको थामे निवासी ५३ वर्षीय कामीरिता १९९४ मे १३ मा पहिलो पटक सगरमाथा शिखरमा पुगेका थिए। यसैबीच १८ वर्षीय डेढीया मिथहिल राजु पनि सगरमाथा शिखरमा पुग्न सफल भएका छन्।
भारतको मुम्बई निवासी उनी बिहान ८: ५५ मा शिखरमा पुगेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
