काठमाडौँमा मदनआश्रितको ३०औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेस किंकर्तव्यविमूढ भएको दाबी गरेका छन्।
काठमाडौँ– एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई राजनीतिक संज्ञा दिनपनि मन लाग्न छाडेको बताएका छन्।
बुधबार काठमाडौँमा मदनआश्रितको ३०औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस किंकर्तव्यविमूढ भएको दाबी गरे।
“नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावाको। कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो,” ओलीले भने, “देश यस्तो गम्भीर परिस्थितिमा छ। एउटा लामो इतिहास बोकेको कांग्रेस, भोलि कहाँ जाने केही थाहा छैन भन्ने जस्तै छ, आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन।”
अहिलेको गठबन्धन सत्ता र सरकार प्राप्त गर्नमात्रै गरिएको गठबन्धन भएको ओलीको आरोप छ। “सत्ता गठबन्धनले राजनीतिलाई हलुका रूपमा लिइरहेको छ। देशको परिस्थिति अत्यन्त गम्भीर छ। अत्यन्त जटिल छ,” उनले भने, “त्यसैले हाम्रो पार्टी एक्लैले यो अभिभारा वस्तुतः पूरा गर्नुपर्ने परिस्थिति बनेको छ।”
देश, जनता, सुशासन, परिवर्तनका लागि एमालेले पनि गठबन्धन गर्नसक्ने अध्यक्ष ओलीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
