आत्मनिर्भर लघुवित्त वित्तीयसंस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा माईखोला हाइड्रोपावर लिमिटेडका शेयर बिक्रीकर्ता छन्।
काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर एक हजार ८४५ दशमलव ०१ अंक कायम भएको छ।
बुधबार २६६ वटा कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता शेयर २५ हजार ६३५ पटक खरिदबिक्री हुँदा ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँ बराबरको कारोबार भएको छ। आज सबै समूहको उपसूचक बढेको छ।
सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक १७१ दशमलव २३ र जीवन बीमा समूह ९३ दशमलव ३७ अंकले बढेको छ। बैंकिङ समूह आठ दशमलव ६५, विकास बैंक ५४ दशमलव ९३, वित्त ३४ दशमलव ५६, होटल तथा पर्यटन समूह २० दशमलव ०२ र जलविद्युत् ४९ दशमलव २८ अंकले बढेको छ।
लगानी समूह शून्य दशमलव ७०, उत्पादन तथा प्रशोधन ३७ दशमलव ८२, लघुवित्त ३१ दशमलव १८, म्युचुअल फन्ड शून्य दशमलव ०१, व्यापार १३ दशमलव १३ र अन्य समूह ३० दशमलव ८२ अंकले बढेको छ।
आत्मनिर्भर लघुवित्त वित्तीयसंस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा माईखोला हाइड्रोपावर लिमिटेडका शेयर बिक्रीकर्ता छन्। यो कम्पनीको शेयर मूल्य सात दशमलव ९३ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ५ करोड ४६ लाख ५८ हजार ६८५ बराबरको एक लाख ३६ हजार एक सय १० कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
