लकडाउनले भर्खरै बजारमा आएको आइफोन-१४ को व्यापार प्रभावित हुने आकलन गरिएको छन्। क्रिसमस र लुनार नयाँ वर्षमा आइफोनसहित विद्युतीय उपकरणको व्यापार उच्च हुने गर्दछ।
चीनको हेनान प्रान्तको जेङ्झाओ शहरमा कोरोना संक्रमितको संख्या बढेपछि सात दिनका लागि लकडाउनको घोषणा गरिएको छ। बुधबारदेखि लकडाउन घोषणा गरिएको जेङ्झाओ शहरमा आइफोन उत्पादन गर्ने विश्वकै सबभन्दा ठूलो कारखाना रहेको छ।
यो अवधिमा सार्वजनिक यातायात सेवा पूर्णरूपमा बन्द हुनेछ भने नागरिकलाई कार्यालयका काम घरबाटै गर्न भनिएको छ। लकडाउनसम्बन्धी सूचना त्यहाँको चर्चित सामाजिक सञ्जाल विच्याटमार्फत औपचारिक रूपमा दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
बुधबारेदेखि लागू लकडाउन नोभेम्बर ९ तारिखको दिउँसो मात्रै खुल्नेछ। एक करोड जनसंख्या रहेको जेङ्झाओ शहरका १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण स्थानीय रूपमा फैलिएकाले लकडाउन गरिएको स्थानीय सरकारको भनाइ छ।
लकडाउनले भर्खरै बजारमा आएको आइफोन-१४ को व्यापार प्रभावित हुने आकलन गरिएको छन्। क्रिसमस र लुनार नयाँ वर्षमा आइफोनसहित विद्युतीय उपकरणको व्यापार उच्च हुने गर्दछ।
जेङ्झाओमा रहेको फक्सकन कम्पनीको 'आइफोन प्लान्ट'मा कूल दुई लाख कर्मचारी कार्यरत छन्। लकडाउनको सूचनालगत्तै कामदार भागेपछि फक्सकनले मंगलबार मात्रै आफ्नो दैनिक बोनस रकम चार गुणाले बढाएको थियो।
कम्पनीले नोभेम्बरमा २५ दिनभन्दा बढी काम गर्ने कामदारलाई १५ सय युआनदेखि ५ हजारसम्म बोनस दिने र अग्रपंक्तिका कामदारको ज्याला ४ सय युआनसम्म बढाइने घोषणा गरेको थियो। कम्पनीले उत्पादन बढाउन सहयोग गरेको भन्दै कामदारलाई धन्यवादस्वरूप प्रोत्साहन दिन लागेको हो।
गत बुधबार फक्सकनले कम्पनीमा केही कामदारमा संक्रमण देखिएको उल्लेख गर्दै उनीहरूलाई आवश्यक सामग्री, मानसिक रूपमा सहज हुने वातावरण दिएको बताएको थियो। संक्रमण तीव्र बनेको भन्दै आइतबार थुप्रै कामदारले कार्यस्थल छोडेर भागेका थिए।
यसअघि बुधबार नै चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी नियाले पूर्वी हेफेई शहरस्थित आफ्ना दुईवटा कम्पनीबाट उत्पादन बन्द गर्ने बताएको थियो। कोरोना संक्रमणका कारण कम्पनी सञ्चालनमा चुनौती देखिएका र उत्पादित सवारीको आपूर्ति र ढुवानीमा पनि तलमाथि भइरहेको कम्पनीको भनाइ छ।
सांघाईस्थित डिज्नेपार्क लकडाउन
कोरोना संक्रमणका कारण लकडाउन भएका चीनमा महत्त्वपूर्ण क्षेत्रहरूमध्ये सांघाई डिज्नेल्याण्ड पनि एक हो। शनिबार १० जनामा स्थानीय रूपमा फैलिएको कोरोना संक्रमण पुष्टि भएपछि डिज्नेल्याण्डमा लकडाउन गरिएको थियो। लकडाउनपछि त्यहाँ प्रवेशमा रोक लगाइएको छ भने डिज्नेभित्र थुनिका मानिसहरू पनि कोरोना नेगेटिभको प्रमाणपत्रबिना बाहिर निस्कन नपाउने स्थानीय प्रशासनले जनाएको छ।
सो थिमपार्क कहिलेदेखि खुल्ने बताइएको छैन। डिज्नेल्याण्ड एकाएक बन्द गरिएको यो पहिलो पटक भने होइन। यसअघि गत नोभेम्बरमा कन्ट्याक ट्रेसिङका लागि त्यहाँका सबै मानिसहरूको परीक्षण गराउनुपर्ने भनिएपछि डिज्नेमा ३० हजार मानिसहरू थुनिएका थिए।
चीनको शून्य कोभिड नीतिका कारण त्यहाँका लाखौँ मानिसहरू लकडाउनमा बस्नु परेको छ। कतिपय अनावश्यक ठाउँमा पनि लकडाउन गरिएको गुनासो नागरिकको छ। केही दिनअघि एकाएक लकडाउन घोषणा भएपछि सांघाईस्थित स्वीडिस फर्निचर आइकियासहित थुप्रै पसलका कामदारहरूले नियम अवज्ञा गर्दै भागेका थिए। राष्ट्रपति सि चिनफिङको शून्य कोभिड नीतिका कारण नागरिक र व्यापारी प्रभावित भइरहेका छन्।
कोरोनाको उत्पत्ति मानिएको वुहानमा लकडाउन
कोरोना महामारीको उत्पत्ति भएको मानिएको चिनियाँ शहर वुहानमा पनि बेला-बेला लकडाउन हुने गरेको छ। त्यहाँ स्थानीय सरकारले अक्टोबर ३० सम्म लकडाउन गरेको थियो। लकडाउनमा त्यहाँका ८ लाख मानिसलाई घरभित्रै बस्न भनिएको थियो। वुहानमा दैनिक २५ जना नयाँ संक्रमित थपिने गरेको पाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
बेला-बेला हुने लकडाउनले पीडा र तनाव थपेको स्थानीयको गुनासो रहेको रोयटर्सले उल्लेख गरेको छ। चीनमा कोरोना भाइरस संक्रमण देखिएको करिब तीन वर्ष भएको छ। तर, महामारी नियन्त्रणको प्रयासमा अहिले पनि विभिन्न स्थानमा स्वास्थ्य सावधानीका कडा मापदण्ड लागू हुँदै आएको छ।
एकसाताअघिसम्म पनि चीनका २०० जति स्थान लकडाउनमा रहेको र लाखौँ मानिस प्रभावित भएको बीबीसीले उल्लेख गरेको छ। एक अर्ब ४५ करोडभन्दा बढी जनसंख्या रहेका चीनमा औसतमा दैनिक एक हजारजति मानिसमा संक्रमण पुष्टि हुने गरेको पाइएको छ। तर, संसारका अन्य मुलुकको तुलनामा यो संख्या कम हो। तर चीनमा शून्य कोभिड नीति तत्काल हट्ने संकेत छैन। सिले कोभिड नीतिलाई भाइरसको संक्रमण रोक्ने मानिसको युद्ध भनेर व्याख्या गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
