नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित सबै १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
काठमाडौँ- नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १४ जना अभियुक्तलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालले अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतबाट म्याद थप भएको जानकारी दिए।
परिसरले बुधबारसम्म अनुसन्धान सकेर मुद्दाको मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको थियो। तर, पक्राउ परेकाहरूको बयान लगायतको अनुसन्धान नसकिएको भन्दै म्याद थपका लागि पुन: अनुमित मागेको हो।
“अनुसन्धान सकिएको छैन। थप तीन दिन म्याद थप भएको छ। यो बीचमा अनुसन्धान गर्छौं,” एसपी रिजालले भने, “त्यसपछि मात्र मिसिल कहिले बुझाउने भन्ने निर्णय होला।”
चैत १२ गते पहिलोपटक यो प्रकरणमा तीन जना मुख्य योजनाकार पक्राउ परेका थिए। त्यसयता अहिलेसम्म १४ जना पक्राउ परिसकेका छन्। पक्राउ पर्ने हाई-प्रोफाइलमा रायमाझी र खाँणसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई छन्। रायमाझीका छोरा सन्दीप पनि थुनामा छन् भने थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
