चिनियाँ सेनालाई कुकुरसँग तुलना गर्दै एक कमेडियनले 'स्टेन्डअप कमेडी' गरेपछि उनी सम्बद्ध कम्पनीलाई एक सरकारी निकायले २१ लाख डलर जरिबाना तिराएको छ।
चीनले सेनाको खिसी गर्ने कमेडी कम्पनीलाई बुधबार एक करोड ४७ लाख युयान (करिब २१ लाख डलर) जरिबाना तिराउने निर्णय गरेको छ। चीनको बेइजिङ म्युनिसिपल कल्चर एन्ड टुरिजम ब्युरोले सांघाईको सिआओगुओ कल्चर मिडियालाई यस्तो सजाय गरेको हो।
चीनले उक्त कम्पनीलाई बेइजिङ र सांघाईमा कार्यक्रम गर्न अनिश्चितकालका लागि रोकसमेत लगाएको छ। कमेडीका नाममा सेनाको खिल्ली उडाउनुका साथ तल्लोस्तरको देखाएको ब्युरोले जनाएको छ।
सिआओगुओका एक हास्य कलाकार ली हाओसीले चिनियाँ सेनालाई कुकुरसँग तुलना गरेका थिए। उनले 'स्टेन्डअप' कमेडीमा दुई कुकुरले एउटा लोखर्केलाई पछ्याएर लडाइँ गरिरहेको उल्लेख गर्दै भनेका थिए, "काम गर्ने राम्रो शैली, लडाइँ जित्न सक्षम।" यो चिनियाँ सेनाले दोहोर्याउने भनाइ हो।
कमेडी कम्पनीले जरिबाना तिर्ने जनाइसकेको छ। जरिबाना लगाउनुअघि नै कम्पनीले यस घटनाबारे माफी मागेको थियो। साथै हँसाउने उक्त प्रसंगलाई 'अनुपयुक्त' बताएको थियो। ती हाँस्य कलाकारलाई बर्खास्त गरिएको पनि कम्पनीले जनाएको छ।
विगत एक दशकमा सी चिनफिङको नेतृत्वमा चीनमा सरकारसँगको असहमतिमा व्यापक संकुचन भएको अन्तराष्ट्रिय मिडियाहरूले जनाएका छन्। चिनियाँ अधिकारीहरूले अनलाइन सेन्सरशिपलाई कडाइ गर्दै लगेका छन्। विभिन्न माध्यमबाट हुने कलात्मक अभिव्यक्ति पनि नियन्त्रण गर्न थालिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
