सगरमाथा तथा ल्होत्से हिमाल सफाइका लागि पुगेको र सगरमाथा आरोहण सम्पन्न गरेको सैनिक टोलीका सहयोगीका रूपमा गएका संखुवासभा निवासी फूर्वा शेर्पाको मृत्यु भएको छ।
काठमाडौँ– विश्वको सर्वोच्च शिखर सगरमाथा तथा ल्होत्से हिमाल सफाइका लागि पुगेको र सगरमाथा आरोहण सम्पन्न गरेको सैनिक टोलीका एक सदस्यको फर्कने क्रममा मृत्यु भएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सफा हिमाल अभियानमा गएको सैनिक आरोहण टोलीमा सहयोगीका रूपमा रहेका संखुवासभा निवासी फूर्वा शेर्पाको मृत्यु भएको हो।
त्यसक्रममा अस्वस्थ भएका सहसेनानी (क्याप्टेन) दिपेन्द्रसिंह खत्रीलाई आरोहणमा संलग्न टोलीको सहयोगमा क्याम्प–२ सम्म ल्याएर हेलिकप्टरमार्फत् थप उपचारका लागि काठमाडौँ ल्याइएको निर्देशनालयले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
निर्देशनालयका अनुसार खत्रीसँगै अन्य तीन जनालाई पनि उपचारका लागि काठमाडौँ ल्याइएको छ। प्रतिकूल मौसमका कारण मृतक शेर्पाको शव उद्धार गर्न नसकिएको र प्रमुख सेनानी किशोर अधिकारी नेतृत्वको टोली त्यसमा प्रयासरत रहेको सेनाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
