सम्झौता लम्बिएसँगै युक्रेनले २ महिनासम्म ‘ब्ल्याक सी’स्थित बन्दरगाहबाट खाद्यान्न निर्यात गर्न पाउनेछ। रुसले आक्रमण गर्नुअघि युक्रेन विश्वको प्रमुख खाद्यान्न निर्यातकर्तामध्ये एक थियो।
संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त रुस र युक्रेनबीचको खाद्यान्न सम्झौतालाई दुई महिना थप गर्ने सहमति भएको छ।
टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानको मधयस्थतामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच सम्झौता लम्ब्याउने सहमति भएको हो।
“हाम्रो देशको प्रयास, रुसी मित्रहरूको समर्थन र युक्रेनी मित्रहरूको योगदानले ‘ब्ल्याक सी’ को अन्न सम्झौतालाई थप दुई महिना लम्ब्याउने निर्णय गरिएको छ,” एर्दोगानले भने, “रुस युक्रेनका दुई बन्दरगाह छोड्न र जहाजलाई नरोक्न सहमत भएको छ। यो सम्झौता सबै पक्षका लागि लाभदायक छ।”
गत वर्षको फेब्रुअरीमा रुसले आक्रमण गर्नुअघि युक्रेन विश्वको प्रमुख खाद्यान्न निर्यातकर्तामध्ये एक थियो। रुसी युद्धपोतले युक्रेनको ‘ब्ल्याक सी’ बन्दरगाहमा अवरुद्ध गरेपछि विश्व बजारमा खाद्यान्नको मूल्य बढेको थियो।
यसले मध्यम र विपन्न वर्गका नागरिकलाई सबैभन्दा धेरै असर गरेको छ। टर्की र संयुक्त राष्ट्रसंघले पहिलो पटक २०२२ जुलाईमा युद्धरत पक्षबीच एक सम्झौताको मध्यस्थता गरे।
जसले संकटलाई शान्त गर्न युक्रेनी उत्पादन निर्यातका लागि सुरक्षित मार्ग सिर्जना गरेको थियो। युद्ध शुरू भएयता रुस र युक्रेनबीच यो मात्रै एउटा सम्झौता भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
