भरतपुर–१२ मालपोत चोकको प्रिन्टिङ प्रेसमा ‘विशेष प्रहरी’ र केन्द्रीय अनुसन्धान ब्यूरोको समेत परिचयपत्र बनाउने गरेको खुलेको छ।
चितवन– आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का सच्चिन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका–१३ का सुजन सिलवाल छन्।
उनीहरूलाई खैरहनी र भरतपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए। उनीहरूलले विशेष प्रहरी भन्दै सामाजिक सञ्जालमा कुरा गर्ने तथा व्यवसायीलाई धम्क्याउने गरेको पाइएको एसपी कार्कीले बताए।
यस्तै, भरतपुर–१२ मालपोत चोकको प्रिन्टिङ प्रेसमा कार्यरत थापाले विशेष प्रहरीको नक्कली परिचय पत्र बनाउने गरेको खुलेको छ। उनीहरूले केन्द्रीय अनुसन्धान ब्यूरोको परिचयपत्र समेत बनाएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरू गरिएको एसपी कार्कीले बताए। उनीहरूलाई मुलुकी अपराध संहिताको लिखतसम्बन्धी कसुरमा म्याद थप गरिएको छ।
सो मुद्दामा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
