पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जामा बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ।
काठमाडौँ– होटेल रेस्टुरेन्ट, पशुपंक्षी पालन, निर्माणसहित अन्य सबै क्षेत्रमा प्रवाह भएको ५ करोडसम्मको कर्जाको १० प्रतिशत रकम बुझाए यस्तो कर्जाको भाका सार्न सकिने भएको छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत दिएको सहुलियत कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई बुधबार परिपत्र गर्दै यस्तो व्यवस्था गरेको हो।
कर्जालाई ऋणीको अनुरोधमा उद्योग र व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता तथा औचित्यको आधारमा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न पाउने व्यवस्था गरिएको हो। ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल उपर गरी बैंकले असार मसान्तभित्र पुनर्तालिकीकरण वा पुनर्संरचना गरिसक्नुपर्ने व्यवस्था मौद्रिक समीक्षामार्फत गरिएको छ।
२०७९ चैत मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र पुनर्तालिकीकरण गर्न सकिने परिपत्रमा उल्लेख छ। यसरी पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जामा बैंक तथा वित्तीय संस्थाले पाँच प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ। यस्तो कर्जा पहिले जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण गर्नुपर्नेछ।
अल्पकालीन तथा चालू पुँजी प्रकृतिका कर्जालाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै हर्जाना तथा शुल्क नलाग्ने गरी ३ महिना म्याद थप्न सकिने पनि परिपत्रमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
