अमेरिकी प्रतिवेदन भन्छ– ‘नेपालमा क्रिश्चियनलाई शव गाड्नसमेत अप्ठ्यारो, हिन्दुत्वका लागि भाजपाले दिन्छ पैसा’
अमेरिकी विदेश मन्त्रालयको ‘धार्मिक स्वतन्त्रता प्रतिवेदन’ले नेपालमा हिन्दुत्वका लागि भारतको सत्तारुढ पार्टीले पैसा दिइरहेको र नेपाली इसाई समुदायलाई शव गाड्नै कठिन भइरहेको उल्लेख गरेको छ।
काठमाडौँ– अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको धर्मसम्बन्धी एक प्रतिवेदनले नेपालमा क्रिश्चियनहरूलाई अप्ठ्यारोमा पारिएको दाबी गरेको छ। धार्मिक क्रियाकलाप गर्ने स्वतन्त्रतामा पनि बन्देज लगाइएको अमेरिकाको दाबी छ।
अमेरिकाका विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनले सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’मा विशेषगरी काठमाडौँ उपत्यकामा शव गाड्नका लागि जग्गा किन्न वा प्रयोग गर्न कठिनाइ भएको क्रिश्चियन समूहहरूले जनाएको उल्लेख छ। ती समूहलाई उद्धृत गर्दै सरकारले आर्थिक सहयोग गर्ने पशुपति विकास कोषले क्रिश्यिचनलाई पशुपति मन्दिरपछाडिको जग्गामा क्रिश्चियनलाई शव गाड्न नदिएको, तर त्यही ठाउँमा किरातलगायत जनजातिलाई उपलब्ध गराएको पनि उल्लेख छ।
अमेरिकी प्रतिवेदनमा विशेषगरी क्रिश्चियन समुदायलाई नेपालमा भइरहेका अप्ठ्यारा र हिन्दूत्वको प्रचारबारे उल्लेख छ। प्रतिनिधिसभाका तत्कालीन सदस्य भीम रावलले ‘ईश्वर’ चिनाउन जिससको चित्र राखेको भन्दै सदनमा उठाएको प्रश्नलाई पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। “रावलले पश्चिमा समुदायले क्रिश्चियानिटी फैलाइरहेको र पश्चिमाले सनातन हिन्दू धर्म र परम्परागत संस्कृतिमाथि आक्रमण गरेको बताए। त्यसको भोलिपल्ट जुन १० मा किताब प्रकाशक अभ्यास नेपाल एजुकेशन फाउन्डेसनले प्रेस विज्ञप्तिमार्फत उक्त पुस्तक वितरणमा तत्काल रोक लगाएको जनायो र माफी माग्दै आगामी दिनमा त्यस्तो चित्र नराख्ने जानकारी दियो,” प्रतिवेदनमा भनिएको छ।
राजतन्त्र समर्थक र हिन्दू राज्य पुनर्स्थापनाको खोजीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीबारे क्रिश्चियन धार्मिक अगुवाहरूले चिन्ता जनाइरहेको पनि उल्लेख छ। ‘क्रिश्चियन समूहहरू’लाई उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ, “क्रिश्चियन समूहले चलाएका गैरसरकारी संस्थाहरू र विभिन्न धर्मिक संगठनहरू दर्ता र नवीकरण गर्न हरेक वर्ष चुनौती हुने गरेको छ।”
नागरिक समाजका अगुवालाई उद्धृत गर्दै प्रतिवेदनमा नेपालमा हिन्दुत्वको समर्थनमा बोल्न भारतीय जनता पार्टी (भाजपा) ले नेपालका प्रभावशाली नेतालाई पैसा दिने गरेको पनि दाबी गरिएको छ। राप्रपालगायत दलका नेतालाई हिन्दूत्वबारे बोल्न दबाब पनि दिने गरेको दाबी गरिएको प्रतिवेदनमा भाजपाले कसलाई पैसा दिएको हो र यो जानकारी नागरिक समाजका को अगुवाले दिएको भनेर खुलाइएको छैन।
प्रतिवेदनमा क्रिश्चियनसम्बन्धी स-साना घटना पनि उल्लेख छन्। ललितपुरको एक चर्चका पाष्टरले ठूलो आवाजमा धार्मिक गतिविधि गरेर हल्ला मच्चाएपछि अगस्ट १२ मा एक हिन्दू युवाले त्यहाँका पास्टरलाई कुटेको पनि उल्लेख गरिएको छ। त्यसैगरी, हिन्दू धर्मावलम्बीहरूले दलितका नाममा गर्ने हिंसाका कतिपय घटना पनि उल्लेख छन्। धर्म प्रचार गर्ने क्रिश्चियनमाथि लगाइएका मुद्दा प्रतिवेदनमा समेटिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
