भुटानी शरणार्थी प्रकरण: हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

मियाँले प्रयोग गर्दै आएको हज समितिको गाडी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने क्रममा गिरोहले प्रयोग गर्ने गरेको खुलेको थियो।

काठमाडौँ– नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ सिंहदरबारबाट पक्राउ परेका छन्।

भुटानी शरणार्थी प्रकरणमा मुछिएका मियाँलाई सिंहदरबारस्थित ऊर्जा मन्त्रालयबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

मियाँले प्रयोग गर्दै आएको गाडी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहले प्रयोग गरेको अनुसन्धानबाट खुलेको थियो। थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको एसएसपी कार्कीले बताए।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मियाँलाई समितिको अध्यक्षमा नियुक्त गरेका थिए। अहिलेसम्म यो प्रकरणमा अरू १४ जना पक्राउ परिसकेका छन्।