नागरिक उन्मुक्तिले बोलायो केन्द्रीय सदस्यको आपत्‌कालीन बैठक

बिहीबार दिउँसो १ बजे डिल्लिबजारस्थित इचिवान रेस्टुरेन्टमा बस्नेगरी काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक बोलाएको हो। 

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समितिको आपत्‌कालीन बैठक बोलाएको छ।

बिहीबार दिउँसो १ बजे बस्नेगरी काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक बोलाएको हो। “भर्खरै सम्मानित अदालतले हाम्रो पार्टीका सर्वमान्य नेता रेशम चौधरीका बारेमा गरेको अनपेक्षित निर्णयपछि हाल विकसित घटनाको ठोस धारणा बनाउनुका साथै अत्यावश्यक जरुरी निर्णय गर्नुपर्ने भएकाले” बैठक बोलाइएको पार्टी अध्यक्ष रन्जिता चौधरीले विज्ञप्तिमार्फत जनाएकी छन्।

बैठक डिल्लिबजारस्थित इचिवान रेस्टुरेन्टमा बस्ने विज्ञप्तिमा उल्लेख छ।