महानगरकी उपप्रमुख सुनिता डंगोलले समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न सो केन्द्र पनि स्थापना गर्नु परेको बताइन्।
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सबै वडाहरूमा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सो निर्णय गरिएको औपचारिक जानकारी गराएकी हुन्।
बुधबार काठमाडौँमा आयोजित ‘काठमाडौँ महानगरपालिका, वडा महिला सञ्जाल: गठन र सञ्चालनसम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै उनले सो सञ्जाल एक हप्ताभित्र सबै वडाहरूमा गठन गरिसक्न पनि वडाहरूलाई निर्देशन दिइन्।
महानगरपालिकाकी न्यायिक समितिका संयोजक समेत रहेकी उपप्रमुख डंगोलले सो सञ्जालमा काम गर्दाखेरी पुरुषहरूमाथि कुनै पनि किसिमको विभेद नहुने पनि पटकपटक दोहोर्याइन्। उनले भनिन्, "महिला सञ्जाल वडावडामा गठन गर्नुपर्छ भन्ने अभियान अघि बढाएका छौँ। न्यायिक समिति र महिला सञ्जालको मुख्य उद्देश्य भनेको मेलमिलाप नै हो। कुनै पनि द्वन्द्वको निरूपण गर्ने विधि भनेको मेलमिलाप नै हो। मेलमिलाप गराउनका लागि वडावडामा मेलमिलाप केन्द्र पनि स्थापना गरिएको छ। महिला सञ्जालमा पुरुष र महिलामा कुनै पनि किसिमको विभेद नगरी न्याय निरूपण गरिन्छ। अब वडावडामा एक हप्ताभित्र महिला सञ्जाल गठन गरिसक्न हुन म आग्रह गर्दछु।"
काठमाडौँ महानगरपालिकाले यस अघि नै समाजमा हुने द्वन्द्व व्यवस्थापनका लागि भन्दै सबै वडाहरूमा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ। उपप्रमुख डंगोलले समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न सो केन्द्र पनि स्थापना गर्नु परेको बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
