चिनी मिल्सबाट पाउनुपर्ने बक्यौता रकम नपाउँदासम्म आफूहरूको धर्ना जारी रहने उखु किसान पारुक अहमद् बताउँछन्।
काठमाडौँ– चिनी मिल्सबाट बक्यौता रकम नपाएको भन्दै उखु किसानले फेरि काठमाडौँ आएर धर्ना थालेका छन्। करिब ३२ जनाको संख्यामा आएका कपिलवस्तुका उखु किसानले माइतीघर मण्डलमा बुधबारदेखि धर्ना थालेका हुन्।
कपिलवस्तु उखु किसान संघर्ष समितिको ब्यानरमा धर्ना दिइरहेका उखु किसान पारुक अहमद्ले आठ वर्षअघि सरकारसँग भएको सम्झौतापछि बक्यौता रकम भुक्तानीको माग गर्दै चार पटक प्रदर्शन गरिसकेको तर भुक्तानी नपाएको गुनासो गरे।

०७१–७२ सालमा सरकारसँग भएको सम्झौताअनुसार उखुको मूल्य प्रतिक्विन्टल २५ रुपैयाँ तोकिएको थियो। सोही सम्झौताअनुसार उखु किसानले उद्योगबाट रकम भुक्तानी पाउने तय भएको थियो। तर, उद्योगले सरकारबाट रकम नपाएको भन्दै किसानले दाबी गरेको रकम दिन इन्कार गरेको उनी बताउँछन्। “अरू फ्याक्ट्रीका सबै किसानले रकम पाइसके, हामीले किन नपाएको होला? हाम्रो पैसा कसले देला?” उनी प्रश्न गर्छन्। आफ्नो समस्या समाधान नभएसम्म धर्ना जारी रहने पारुक अहमद् बताउँछन्।

“देशभरका अरू उखु किसानले रकम पाइसक्दा महालक्ष्मी सुगर मिल्स अन्तर्गतका करिब ८ हजार किसानको साढे २ करोड भुक्तानी हुन बाँकी छ”, कपिलवस्तु उखु किसान संघर्ष समितिका अध्यक्ष अनुपकुमार चौधरी भन्छन्, “बक्यौता रकम न सरकारले दिन्छ न त उद्योगले।”

यसअघि सरकारसँग भएको सम्झौतालाई कार्यान्वयन गर्न ध्यानाकर्षण गराउन धर्ना थालिएको उनले बताए। “जिल्लामा पनि पटक–पटक आन्दोलन गरौँ, सडक जाम गरियो। तर सुनुवाइ भएन, त्यही भएर यहाँ आएको हौँ,” उनले भने, “यो वारपार लडाइ हो। टुंगो नलगाई जाँदैनौँ।”




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
