डा. खतिवडाले अर्थतन्त्रलाई चलायमान बनाउने विषय उठाइरहँदा सरकारले वित्त नीति र मौद्रिक नीतिमा चलाउने ठाउँ नभएको बताएका छन्।
काठमाडौँ– पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले गलत तथ्यांकमा आधारित भएर बजेट नल्याउन आग्रह गरेका छन्।
बिहीबार काठमाडौँमा भएको नेपालको अर्थतन्त्र, वर्तमान अवस्था र आगामी दिशा अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. खतिवडाले गलत तथ्यांकलाई आधार बनाएर आगामी आर्थिक वर्षको बजेट नल्याउन सरकारलाई सुझाव दिएका हुन्।
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार अर्थ मन्त्रालयले बजेट लेखनलाई तीव्रता दिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको अन्त्यसम्म २.२ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण सार्वजनिक गरेको छ।
तथ्यांक कार्यालयको तथ्यांक नभई सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर राख्दा अर्थतन्त्रमा देखिएको अवस्थाको मूल्यांकन गरेर बजेट ल्याउनुपर्ने पूर्वअर्थमन्त्री खतिवडाको सुझाव छ।
उनले सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदरमा ४ प्रतिशत कायम हुने अनुमान भए पनि २ प्रतिशतभन्दा तल झर्न सक्ने अवस्था देखिएको उल्लेख गरे। उनले अबको तीन महिनामा १ प्रतिशत पनि आर्थिक वृद्धि हुने अवस्था नभएको बताए।
उनले चालु आवको दुई त्रैमासिकमा आर्थिक वृद्धिदर कम हुँदा आर्थिक मन्दी हुने, तर २ प्रतिशत ऋणात्मकमा गएकोले अर्थतन्त्र शिथिलता देखिएको बताए। उनले आर्थिक मन्दी भए पनि अर्थतन्त्रका सूचकहरू नेगेटिभ नभएको भन्दै अर्थतन्त्रमा मन्दी हो वा सानो धक्का मात्रै देखिएको भन्ने विषयमा बहस छलफल हुन जरुरी रहेको बताए।
“आर्थिक वृद्धिदर २ प्रतिशत हुन्छ, त्यसको यति यति प्रतिशतले राजस्व, आन्तरिक ऋण उठाउँछौँ र त्यसैको आधारमा यति आकारको बजेट बनाउँछौँ, भन्यो भने सबै कुरा बिग्रनेवाला छ,” उनले भने, “आगामी आर्थिक वर्षको बजेट गलत तथ्यांकमा आधारित भएर यदि बन्दै छ भने त्यस्तो बजेट कृपया नबनाउनु होला। चालु आर्थिक वर्षको बजेटबाट सिक्नुहोला बजेटको साख कसरी धुमिल हुन्छ।”
डा. खतिवडाले १० देखि १२ प्रतिशतको वित्तीय हिस्सा ओगटेको क्षेत्र नै अस्तव्यस्त रहेको बताए। उनले सरकारले पैसा सिरानीमुनि छ भनेर नभेटिने भन्दै सामान्य बचतकर्ताको पैसा खोला तरेर सिमाना नागिसकेको उल्लेख गरे।
उनले बिमाप्रणालीमा पनि लाइसेन्स बाँड्ने र मर्ज गराउने बेथिति रहेको बताए। उनले लघुवित्तहरूमा ऋण नतिरौँ भन्ने अभियान चलाउने नेतृत्वलाई सरकारले कारबाही गर्न सरकार तयार नभएको गुनासो गरे।
राज्य कमजोर भएकाले पनि अर्थतन्त्रको प्रणालीमा समस्या देखिँदै आएको बताउँदै डा. खतिवडाले आर्थिक अराजक फैल्याउने विषयमा सचेत वर्गले बोल्न आवश्यक रहेको बताए।
डा. खतिवडाले अर्थतन्त्रलाई चलायमान बनाउने कुरा गरिरहँदा सरकारसँग वित्त नीति र मौद्रिक नीतिमा चलाउने ठाउँ नभएको बताए। उनले मुलुकको चालु खाता घाटा र बजेट घाटाको अन्तर अप्ठ्यारो स्थितिमा भएकाले सरकार नीतिगत रूपमा दबाबमा रहेको उल्लेख गरे।
उनले मौद्रिक नीति खुकुलो बनाउन ठाउँ नभएको, ब्याजदर कम गर्न लगानी बढ्ने अवस्था नरहेको र करका दर बढाउँदा शिथिलता रहेको भन्दै अर्को वर्ष व्यावसायिक आम्दानीको आधारमा आय कर समेत घट्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
